स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा पुनः एमालेका खिमनारायण मानन्धर निर्वाचित



स्याङ्जा । जिल्लाको हरिनास गाउँपालिकामा नेकपा (एमाले)का खिमनारायण मानन्धर पुनः निर्वाचित भएका छन् । मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै विजेता भएका हुन् ।

मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छने भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्