स्याङ्जाको हरिनास गाउँपालिकामा एमाले विजयी



कास्की ।

स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर दोस्रोपटक विजयी भएका छन् । उनले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका टोमबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गर्दै विजेता घोषित भएका हुन् ।

निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार मानन्धरले ४ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् भने कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । रानाले ४ हजार ७ सय ४० मत प्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्