दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धामी पुनः निर्वाचित



दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

मतगणना परिणामअनुसार धामिले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै उपाध्यक्ष निर्वाचित ठगुन्नाले तीन हजार ७ सय ६७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्