तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमालेका खापुङ र उपाध्यक्षमा कांग्रेसकी तिम्सीना विजयी



तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सीना दोहोरिएका छन् ।

अध्यक्ष उम्मेदवार खापुङ नेकपा (एमाले)का उम्मेदवार हुन् भने उपाध्यक्ष तिम्सिना नेपाली कांग्रेसकी उम्मेदवार हुन् । यहाँ एमालेको उपाध्यक्ष उम्मेदवार र कांग्रेसका अध्यक्ष उम्मेदवार यसपटक पनि पराजित भएका छन् ।

अध्यक्षमा निर्वाचित खापुङले २ हजार ५५ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका धनकुमार लिम्बुलाई ३४ मतले पछि पार्दै खापुङले विजय हासिल गरेका हुन् । लिम्वुले २ हजार २१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी दिए ।

उपाध्यक्षमा तिम्सिनाले १ हजार ९ सय ८६ मत प्राप्त गरिन् । एमालेकी प्रेमलता घिमिरेले १ हजार ९ सय ७४ मत प्राप्त गरिन् । जिल्ला समन्वय समितिको निवर्तमान उपप्रमुख घिमिरे १२ मतले पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्