काठमाडौं महानगरमा बालेनको हाइओवरटेक कायमै, केशव थापितभन्दा सिर्जना सिंह ४१ मतान्तरले पछाडि



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हाइओवरटेक कायमै छ ।

नेकपा (एमाले)बाट मेयरका उम्मेवादर केशव स्थिापित र गठबन्धनकी साझा तथा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सिर्जना सिंहबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार केशव स्थापितले १६४३ मत प्राप्त गरेका छन् भने सिर्जना सिंहले १६०२ मत पाएकी छन् । उनीहरूबीच ४१ मतान्तर छ । मेयरका

स्वतन्त्र उम्मेदवार बालेन शाहले ३११० मतसहित पहिलो स्थानमा छन् ।

अहिले महानगरको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ गरी छ वटा वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्