भरतपुुरमा रोचक प्रतिस्पर्धा : झिनो मतान्तरले रेणु अगाडि, एमाले पछ्याउँदै, स्वतन्त्र उम्मेदवार जगनाथ निकै पछाडि



चितवन । जिल्लाको भतपुर महानगरपालिकामा रोचक प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनका साझा एवम् नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेणु दाहाल झिनो मतान्तर अगाडि छिन् । त्यस्तै एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार विजय सुवेदी थोरै मतान्तरले पछाडि छन् ।

अहिलेसम्म ४८७७ मत गनिएको छ । यो समाचार तयार पार्दासम्मको गणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छिन् भने दाहालले १७२७ मत पाएकी छिन् ।

एमाले–राप्रपा गठबन्धन अर्थात् नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् भने कांग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्