काठमाडौंको मत अपडेट : बालेनलाई अग्रता, स्थापित दोस्रो स्थानमा

बालेन २४५७, स्थापित १४२७



काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । ६ हजार ४७३ मतगणना हुँदा शाहले २४५७ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११६८ मत प्राप्त गरेकी छिन्।काठमाडौंको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको हो। वडा नं १ बाट बालेनले ५१५, वडा नं २ बाट ५३०, वडा नं ३ बाट ३०५, वडा नं ४ बाट ५३० र वडा नं ३२ बाट ५७७ मत ल्याएका छन्।

त्यस्तै, स्थापितले वडा नं १ बाट २६१, वडा नं २ बाट ३१३, वडा नं ३ बाट २९२, वडा नं ४ बाट २६२ र वडा नं ३२ बाट २९९ मत प्राप्त गरेका छन्।

सिंहले वडा नं १ बाट ३३२, वडा नं २ बाट १७७, वडा नं ३ बाट १६८, वडा नं ४ बाट २३८ र वडा नं ३२ बाट २५३ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्