चन्द्रागिरिमा कांग्रेसको अग्रता: वडा नं १ मा कांग्रेस र २ मा माओवादी विजयी



काठमाडौँ। चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गरे ।

यस्तै, चन्द्रागिरि –२ को वडाध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले ९४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङले ७२५ मत प्राप्त गरे ।

चन्द्रागिरि नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाभित्रका पाँच हजार ६७७ मत गणना हुँदा कांग्रेसका उम्मेदवार घनश्याम गिरीले दुई हजार ४१३ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले एक हजार ८९४ मत प्राप्त गरेको जनाइएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्