बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी



वाग्लुङ। बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर बिक विजयी भएका छन् । उनले २ हजार २ सय ८५ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रकाश घर्ती मगरले २ हजार ९० मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन् । उनले ३ हजार ४ सय ३ मत ल्याएर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। । उनले एमालेका थममाया घर्तीलाई पराजित गरेका हुन् । घर्तीले १ हजार ५ सय ६१ मत ल्याएकी थिइन् ।

ताराखोला गाउँपालिकाको मतपरिणाम आइतबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्