रुपन्देही :ओमसतिया गाउँपालिका १ मा राप्रपाका बराल विजयी



बुटवल ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितको प्यानल नै विजयी भएको छ ।

बराल १ हजार ७३८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ६ सय ६६ मत ल्याएका छन् । बराल यसअघि पनि राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सदस्यमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्