काठमाठौंको परिणाम : बालेन १,५८७, स्थापित ८८७ र सिर्जना ८२२ मत



काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् ।निर्वाचन कार्यालयले आज (आइतबार) बिहान ५ः२० बजे सार्वजनिक गरेको मत परिणाम अनुसार साहले १,५८७ मत पाएका छन् ।

एमालेका केशव स्थापितले ८८७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२२ मत पाएकी छन् । अहिलेसम्म ४,४५३ मतगणना भएको छ । अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्