सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी



सर्लाही ।

सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकामाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर क्याप्छाकीले ६ सय २२ मत मात्र प्राप्त गरे ।

निवर्तमान वडाध्यक्षसमेत रहेका क्प्छाकीलाई घिसिङले फराकिलो मतान्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार घिसिङ प्यानलै निर्वाचित भए । यस्तै जिल्लाको धन्कौल गाउँपालिका वडा नम्बर १, मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट धन्कौल गाउँपालिका–१, को वडाध्यक्षको उम्मेदवार बनेका गौरीशङ्कर महतो ६ सय ९४ मत सहित विजयी भएका छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र० बाट उम्मेदवार बनेका शिव कुमार महतोले ६ सय ६५ मत मात्र प्राप्त गरे । यससँगै जिल्लामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुने उम्मेदवारको संख्या ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्