काठमाडौं : बालेन साहको अग्रता कायमै, केशव स्थापितले पछ्याउँदै



काठमाडौं ।

काठमाडौ‌ं महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ८ ३० बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ५८३ मत प्राप्त गरेका हुन् । शुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मत गणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ४८८मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ३८५ मत ल्याएकी छन् ।

अहिले काठमाडौं महानगर(१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्