बन्दुकको गोलीमा स्वस्तिक छाप ?



काठमाडौं ।

इलाम जिल्लाको देउमाई नगरपालिकामा ‘सुरक्षाकर्मीको बन्दुकको गोलीमा स्वस्तिक छाप भेटिएपछि’ मतगणना स्थगित भएको छ ।

नेकपा एमाले पक्षले मतगणनामा अग्रता लिइरहेको बेला गोलीमा स्वस्तिक छाप भेटियो भन्ने खबर बाहिर आएपछि नेपाली कांग्रेस लगायत गठबन्धन पक्षले नाराजुलुस गर्दै मतगणना रोक्न र छानबिन गर्न दबाब दिएपछि मतगणना रोकी पक्षहरु वार्तामा बसेका छन् ।
यसबीच भीड नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हबाई फायर गरेको छ ।

मतपत्रमा लागेको छाप हिजो मतदानकै बेलाको हो वा आज शनिबार लगाइएको हो भन्ने परीक्षणका लागि प्रयोगशालामा जाँच गरिने, त्यसपछि मात्र मतगणना जारी गर्ने वा पुनः मतदान गराउने भन्ने निष्कर्ष निकालिने भएको छ । शनिबार दिउँसो १:५० बजेसम्म पनि प्रमुख जिल्ला अधिकारी र विवादमा रहेका पक्षहरुबीच वार्ता जारी छ ।

प्रतिक्रिया दिनुहोस्