बागलुङको ताराखोला ५ मा माओवादीका रोका विजयी



बागलुङ  । 

नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका–५मा विजयी सुरुवात गरेको छ ।

वडा नम्बर ५ मा माओवादीका मनबहादुर रोकाले ८ सय ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।रोका पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । रोका प्रतिद्वन्दी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गरेका छन् ।

रोका सँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली काँग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्