कमलबजार नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसका भिम बिष्ट विजयी



काठमाडौं ।

अछाममा नेपाली कांग्रेसबाट कमलबजार नगरपालिका–१० को वडाध्यक्षका उम्मेदवार भिम बिष्ट विजयी भएका छन् ।

बिष्टले ४६० मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका श्यामलाल देउवालाई १ सय २२ मतले पराजित गरेका हुन् । एमालेका देउवा ३ सय ३८ मतमा सिमित भएका छन् ।

कमलबजार नगरपालिका १० मा वडाध्यक्ष बिष्टसहित एमालेका एकजना खुल्ला सदस्य बाहेक सबै कांग्रेसका सदस्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिजयी वडा अध्यक्ष बिष्ट यस भन्दा पहिले पनि वडा अध्यक्षमा निर्वाचित भएर पुनः दोहोरिएका हुन ।

प्रतिक्रिया दिनुहोस्