पूर्वी नवलपरासीमा कांग्रेसको प्यानलनै विजयी



नवलपरासी ।

स्थानीय निर्वाचन २०७९ मा ७२ दशमलव ४८ प्रतिसत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आठ स्थानीय निकाय रहेको पूर्वी नवलपरासीको अधिकांश पालिकामा शनिबार विहानदेखि मतगणना प्रारम्भ भएको छ। पहाडी गाउँपालिका बुलिङटार वडा नं. १ र बौदिकाली ६ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

बौदिकाली, हुप्सेकोट, बुलिङ र विनयी त्रिवेणी गाउपालिका तथा गैडाकोट, देवचुली कावासोती र मध्यविन्दु नगरपालिकाका विभिन्न वडामा मतगणना कार्य भईरहेको छ । गाउँपालिका प्रमुखमा बौदिकाली, हुप्सेकोट, विनयीमा कांग्रेस अगाडी रहेको छ भने बुलिङमा नेकपा एमाले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्