पाल्पामा अपडेट:   माथागढीको वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी, पूर्वखोलामा एमाले अगाडि



पाल्पा । 

हिजो भएको स्थानीय निर्वाचनको मत गणना कार्य पाल्पाका केही पालिकाहरुमा सुरु भएको छ भने केही स्थानको नतिजा समेत आउन सुरु भैसकेको छ ।

जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहका मतदान अधिकृतहरुका अनुसार जिल्लाको तानसेन नगरपालिका, वगनासकाली गाउपालिका, रामपुर नगरपालिका, माथागढी गाउपालिकामा मतगणना कार्य सुरु भएको छ ।
१० पालिका रहेको जिल्लामा अन्य पालिका मध्ये केहीमा सर्वदलिय वैठक भैरहेको र केहीमा केही समय पछि मतगणना कार्य सुरु हुने वताइएको छ ।

निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितको कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नं. ८ बहादुरपुरको वडाध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् ।

नेकपा एमालेसँग उनको मतान्तर १ सय ४ रहेको छ । त्यसै गरी पूर्वखोला गाउपालिका मा भएको मतगणनामा नेकपमा एमालेका उम्मेदवार अगाढी रहेका छन त्यहा भएको मतगणना मध्ये १५ सय मत गन्दा नेकपा एमालेका उम्मेदवार नुन वहादुर थालपले १ हजार २ सय ३९ मत प्राप्त गर्नु भएको छ भने गठवन्धनको तर्फबाट उम्मेदवार वन्नुभएका नेकपा एकिकृत समाजवादीका मिन प्रसाद गिरीले २ सय ५१ म्त प्राप्त गर्नुभउको छ । त्यसैगरी सो वडामा नेकपा एमालेका उम्मेदवार गठवन्धनभन्दा अगाडी छन ।

यहा गठवन्धनमा नेकपा एकिकृत समाजवादी र उपाध्यक्षमा कांग्रेसको तर्फ बाट बिष्णु कुमारी आचार्य उम्मेदवार हुनुहुन्छ । भने नेकपा एालेले पुरानै जनप्रतिनिधि नुनबहादुर थापा र भागिरथी भट्टराईलाई उम्मेदवार बनाइएको छ । यो पालिकामा गत निर्वाचनमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष सहित वहुमत हासिल गरेको थियो ।

हिजो जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए ।स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।

पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । दश स्थानीय तह रहेको पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्