डुङ्गेश्वरकाे १ वडामा माओवादीका श्याम राना विजयी



काठमाडौं ।

दैलेखमा नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका छन् । रानाले ७८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गरेका हुन् । एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् ।

 यो वडामा नेपाली कांग्रेस ,एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका उम्मेदारसँग एमाले पराजित भएको हो । वडामा वडाध्यक्ष रानासहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस पटकको   स्थानीय तह  निर्वाचनमा डुङ्गेश्वर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्