बालेन शाह पुगे मतगणनास्थलमा



काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मतगणना सुरू भएको छ। राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२को मतगणना सुरू भएको हो। मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन शाह आफै पुगेका छन्।

मेयरका प्रमुख उम्मेदवारहरू मतदानस्थलमा पुगेका छैनन्। पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए।

शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्