विश्वका २० सर्वाधिक धनी रक स्टार



विश्वका चर्चित रक स्टारले कति कमाउलान्? उनीहरुको कुल सम्पत्ति कति होला? सबैका लागि यो कौतुहलताको विषय हुन सक्छ। वास्तवमा उनीहरुको कमाई आधा बिलियनदेखि डेढ बिलियन डलरसम्म रहेको छ। सबैभन्दा बढी कमाउने विश्वका २० रक स्टार यस प्रकार छन्:

 पल म्याकर्टनी

विश्वकै सबैभन्दा धनी रक स्टार पल म्याकर्टनी एक सफल ब्रिटिश रक स्टार तथा संगीतकार हुन्। चर्चित व्याण्ड द बिटल्समा रहँदा निकै सफलता हासिल गरेका उनले सुनका ६ डीस्क निकालेका छन् भने एउटै गीतका डीस्क एक मिलियनभन्दा बढी बेचेका छन्। सन् २०२२ को रिपोर्टअनुसार उनको कुल सम्पत्ति १.२ बिलियन डलर रहेको छ।

बोनो

आईरिस रकस्टार तथा राजनीतिक अभियान्ता बोनोले १६ वर्षको उमेरमा चर्चित युटु ब्याण्डको निर्माण गरेका थिए। त्यही बेलादेखि उनी संसारका लोकप्रिय रक आईकनको रुपमा चिनिन्छन्। संसारको दोस्रो धनी रकस्टारको सूचिमा पर्ने उनको कुल सम्पत्ति लगभग ७ सय मिलियन डलर रहेको छ।

जिमी बफेट

अमेरिकन गीतकार, लेखक तथा व्यवसायी जिमी बफेट संगीत जगतमा अमिट छाप छोड्न सफल रक स्टार हुन्। स्कुले जीवनदेखि नै संगीत करिअर शुरु गरेका उनी ६ सय मिलियन डलर सम्पत्तीका मालिक हुन्, जो विश्वका तेस्रो धनी रकस्टारमा पर्छन्।

 ब्रुस स्प्रिँस्टिँस

ब्रुस स्प्रिध्रस्टिस एक सफल अमेरिकन गायक तथा गीतकार हुन्। न्युजर्सीमा जन्मिएका उनले गीतार बजाउन सिक्ने बित्तिकै सांगीतिक करिअर शुरु गरेका थिए। उनले आफ्नो करिअरमा द अर्थ, स्टिल मिलजस्ता ब्याण्डमा आवद्ध भएर सांगीतिक कर्म गरे। धनी रकस्टारको चौथो नम्बरमा पर्ने उनको कुल सम्पत्ती ५ सय मिलियन डलर रहेको छ।

एल्टन जोन

एल्टन जोन निकै सफल ब्रिटिश संगीतकर्मीका साथै कलाकार समेत हुन्। इग्ल्याण्डमा जन्मिएका उनले तीन वर्षको उमेरदेखि नै पियानो बजाउन शुरु गरेका थिए। ७ वर्षको उमेरदेखि नै संगीतको औपचारिक ज्ञान लिन शुरु गरेका उनले ११ वर्षको उमेरमा लण्डनको रोयल एकेडेमी अफ म्युजिकमा संगीत अध्धयनका लाागि छात्रवृत्ति पाएका थिए। पाँचौ धनी रकस्टार उनको कुल सम्पत्ती ५ सय मिलियन डलर रहेको छ।

जोन बोन जोभी

न्यु जर्सीमा जन्मिएका रक स्टार जोभीले किशोरावस्था आफ्नो नजिकका आफन्तको स्टुडियोमा गीत रेकर्डको काम गरेर बिताएका थिए। त्यही कारण पनि उनले आफ्नो पहिलो गीत १७ वर्षको उमेरमा रेर्कड गर्ने मौका पाए र सांगीतिक करिअरमा निकै सफल रहे। सन् २०२२ को रिपोर्टअनुसार विश्वका छैठौं धनी रकस्टारको सूचिमा परेका उनको कुल सम्पत्ति ४ सय १० मिलियन डलर रहेको छ।

स्टिँ

सफल ब्रिटिश संगीतकर्मीको रुपमा परिचित स्टिध्र शुरुआती दिनमा द पुलिस ब्याण्डमा आवद्ध थिए। तर उनी आफ्नो करिअरमा सोलो गीतबाट नै सफलता पाउनेमध्ये एक रकस्टार हुन्। सातौं धनी रकस्टारमा पर्ने उनको कुल सम्पत्ती ४ सय मिलियन रहेको छ।

मिक जेगर

गायनको माध्यमद्वारा गोल्डेन ग्लोब तथा ग्रामीजस्ता विश्व प्रसिद्व सांगीतिक अवार्ड विजेता मिक जेगर आठौं धनी रकस्टार हुन्। उनी ५० वर्षयताकै सबैभन्दा बढी प्रभावशाली गायकका रुपमा चिनिन्छन्। चर्चित रक ब्याण्ड द रोलिध्र स्टोनको सुरुआतदेखि नै लीड गायकका रुपमा सक्रिय उनको कुल सम्पत्ती ३ सय ६० मिलियन डलर रहेको छ।

जीन सिमोन्स

अमेरिकी रकस्टार जीन सिमोन्स आफ्नो स्टेजको नाम द डेमनबाट चर्चित छन्। किस ब्याण्डमा आवद्ध रहेर बासवादन तथा सहगायनमा सक्रिय उनी नवौं धनी रकस्टारमा गनिन्छन्। उनको कुल सम्पत्ती ३ सय ५० मिलियन डलर रहेको छ।

रिंगो स्टार

रिंगो स्टार ब्रिटिश संगीतकार हुन्। लिभरपुलमा हुर्किएका उनले स्वास्थ्य समस्याका कारण ग्रामर स्कुल छोड्नु परेको थियो। पछि सेकेन्डरी स्कुलमा भर्ना भएका उनले कला, मेकानिक्स तथा नाकटमा उत्कृष्टता प्रर्दशन गरेका थिए। संसारका दशौं धनी रक स्टारमा पर्ने उनको सम्पत्ती ३ सय ५० मिलीयन डलर रहेको छ।

 किथ रिचर्डस

किथ रिचर्डस संसारका ११औं धनी रकस्टार हुन्। चर्चित व्याण्ड रोलिध्र स्टोनका संस्थापक सदस्य उनी गीतारवादक, गीतकार तथा संगीत निर्माता हुन्। द रोलिध्र स्टोनको सुरुआतदेखि नै उनले आफ्नो बाल्यकालको साथी मिक जगरका साथ सहकार्य गर्दै आएका थिए। उनीहरुले हालसम्मका सर्वाधिक चर्चित १४ रक गीत रचना तथा उत्पादन गरेका छन्। उनको कुल सम्पत्ती ३ सय ४० मिलियन रहेको छ।

 द एज

बेलायतमा जन्मिएका अएरिस संगीतकर्मी द एज चर्चित व्याण्ड युटुका गीतारवादक, किबोर्डवादक तथा समर्थक गायक हुन्। व्याण्डबाहेक उनले एकल रुपमा पनि कयौं गीत रेकर्ड गरेका छन्। सन् २०२२ मा उनको कुल सम्पत्ती ३ सय ४० मिलियन डलर रहेको थियो। उनी संसारका १२आै धनी रकस्टार हुन्।

रोजर वाटर्स

लोकप्रिय ब्रिटिश व्याड पिंक फ्लोयडका सह स्थापनाकर्ता रोजर वाटर्स एक चर्चित गायक संगीतकार तथा गीतकार हुन्। वाटर्सका संसारभर दुई सय ५० मिलियन एल्बम बिक्री भएका छन्। जसका कारण उनी संसारको १३औँ धनी रकस्टारमा गनिन्छन्। उनको कुल सम्पत्ति ३ सय १० मिलियन डलर रहेको छ।

 एडम क्लेटन

चर्चित अँएरिस सांगीतिक व्याण्ड युटुमा बास प्लेयरको रुपमा सक्रिय चर्चित संगीतकर्मी एडम क्लेटन विश्वका चौधांै सबैभन्दा धनी संगीतकर्मी हुन्। सागीतिक इतिहासमा चर्चित व्याण्डमध्येको उक्त व्याडबाहेक बाहिरका सांगीतिक कार्यमा समेत उनी सामेल हुन्थे। फिल्म मिसन ईम्पोसिबलको थीम उनले नै तयार पारेका थिए।

एनि फ्रिड लिँस्टिड

एनि फ्रिड लिध्रस्डि पनि स्विडिस पप समूह आब्बामा गायिकाको रुपमा आवद्ध भएका कारण निकै चर्चित भइन् भने एकल रुपमा गायन करिअरलाई अघि बढाउँदा एनिले निकै लोकप्रिता हासिल गरिन्। उनले धेरै टेलिभिजन तथा स्टेजमा आफ्नो प्रस्तुति दिएकी छन्। एनिको कुल सम्पत्ति पनि ३ सय मिलीयन डलर रहेको छ। जसक कारण उनी संसारको १५आँै धनि रकस्टारको रुपमा रहेकी छन्। उनी संसारका २० धनी रकस्टारमा एक्ली महिला रकस्टार हुन्।

 वियोर्न उल्भियस

स्विडीस संगीतकार, गीतकार तथा संगीत निर्माता वियोर्न उल्भियस संसारका चर्चित सांगीतिक व्याण्ड आब्बाका संस्थापकमध्येका एक हुन्। आब्बाका सस्थापक सदस्यका रुपमा चर्चित उनको कुल सम्पत्ती ३ सय मिलियन अमेरिकी डलर रहेको छ भने उनी १६औं धनी रकस्टार हुन्।

 डेभ म्याथ्युज

डेभ म्याथ्युज एक गायक, अभिनेता गीतकार तथा निर्माता हुन्। उनी डेभ म्याथ्युज ब्याण्डका फ्रन्टम्यान तथा गीटारिस्टको रुपमा चर्चित छन्। दक्षिण अफ्रिकामा जन्मिएका म्याथ्युज तथा उनको परिवार उनी २ वर्षको हुँदा नै अमेरिकामा बसाइ सरेको थियो। ९ वर्षको उमेरदेखि नै अकस्टिक गीतार बजाउन शुरु गरेका उनले सन् १९९१ मा आफ्नो ब्याण्डको स्थापना गरेका थिए। उनी ३ सय मिलियन डलरको मालिक हुन्, जो धनी रकस्टारको १७औं नम्बरमा छन्।

 एरिक क्ल्याप्टन

एरिक क्ल्याप्टन ईग्ल्याण्डमा जन्मिएका संगीकर्मी हुन्। उनी चर्चीत ब्याण्ड रोलिध्र स्टोनको उत्कृष्ट सयमा ५३ नम्बरमा पर्न सफल संगीतकर्मी हुन्। उनले १७ वर्षको हुँदा नै आफ्नो सांगीतिक करिअर शुरु गरेका थिए। उनी पहिलो पटक द रोस्टर बोलको ब्याण्डमा आवद्ध भएका थिए। सन् २०२२ मा उनको कुल सम्पत्ती तीन सय मिलियनको हाराहारीमा थियो, जस्ले उनी संसारको १८औंँ धनी रक स्टारमा पर्न सफल भएका छन्।

जेम्स हेटफिल्ड

गायक, गीतकार तथा गीतारवादक जेम्स हेटफिल्डले मेटालिका ब्याण्डको लिड गायकको रुपमा सक्रिय भएपछि गीत संगीतको करिअरमा निकै लोकप्रियता कमाए। उनको कुल सम्पत्ती पनि ३ सय मिलियन डलर रहेको छ। उनी १९औँ धनी रक स्टार हुन्।

रोबी विलियमस

रोबी एक ब्रिटिश सगीतकर्मी हुन्। युवाहरुको सांगीतिक ब्याण्डबाट टेक द्याटबाट सांगीतीक करिअर शुरु गरेका उनले ब्याण्डसँग आवद्ध भएर गरेका सांगीतिक कार्यभन्दा सोलो गीतबाट बढी सफलता प्राप्त गरेका थिए। सन् २०२२ को रेकर्डअनुसार उनको कुल सम्पत्ती ३० मिलियन डलर रहेको थियो। जसले उनलाई संसारकै धनी रक स्टारको बिसौं स्थानमा पुड्डयाएको छ।

प्रतिक्रिया दिनुहोस्