कलामाथि गोष्ठी



नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न गरेको छ।सो अवसरमा प्रतिष्ठानको चित्रकला विभागले विज्ञहरुमाझ नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयक कार्यपत्र प्रस्तुत गरेको थियो।

कार्यपत्र प्रस्तुत गर्दै डा. यमप्रसाद शर्माले पश्चिमा दर्शन र पूर्वीया दर्शनबीच रहेका मौलिकताको पहिचानका विषयमा विभिन्न समयमा बनेका चित्रकला, पश्चिमाले प्रयोग गर्ने शैली र रंगहरु, विश्वप्रतिद्ध चित्रकारले बनाएका चित्र र त्यसमा प्रयोग भएका शैलिको विषयमा चर्चा गरेका थिए।

कार्यपत्रमाथि टिप्पणी गर्दै गणेश जिसीले नेपाली कला संस्कृतिलाई पश्चिमाले भारतीय आँखाले हेरी दिएको गुनासो गरे। प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा चित्रकला विभाग प्रमुख प्राज्ञ सुष्मा राजभण्डारीले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्