सत्यमको लिरिकल भिडियोमा हमाल



घोषणा भए पनि विविध कारण छायांकनमा जान नसकेको फिल्म सत्यमको निर्माण टिमले शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ।

राम्रो इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा रेशम सापकोटाको रचना, कुटुम्ब ब्यान्डको संगीत, राजु महर्जनको स्वर र योगेश काजीको संगीत परिकल्पा रहेको छ। गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका छन्। भिडियोमा राजेश हमाललाई फिचर्ड गरिएको छ।

फिल्मका अभिनेतामध्येका एक पल शाह करणी मुद्दामा कारागरमा रहेका कारण छायांकनमा जान सकेको छैन । निर्माता रेशम सापकोटाले पलको घटनाको छानविन निष्कर्षमा नपुगेकाले प्रोजेक्टको छायांकन प्रारम्भ गर्न नसकिएको बताए। प्रि+प्रोडक्सनको सम्पूर्ण काम सकेको फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपाशना सिंह ठकुरीलगायतका कलाकार अनुबन्धित भएका छन्।

प्रतिक्रिया दिनुहोस्