मिनल र प्रनिश स्कुल प्रिन्स एन्ड प्रिन्सेस



सिजन मिडियाद्वारा राजधानीमा आयोजित जुनियर स्कुल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिताको सिनियर गल्र्सतर्फ मिनल केसीले उपाधि जितेकी छन्।

प्रतियोगितामा सिरपा बज्राचार्य फस्ट र प्रिशा श्रेष्ठ सेकेन्ड रनर्सअप भए। त्यसैगरी, जुनियर गल्र्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छन् भने शुभानी कार्की फष्ट र स्मारिका महर्जन सेकेण्ड रनर्सअप भएका छन्। ब्वाइजतर्फ प्रनिश श्रेष्ठ विजयी भएका छन्। सिद्धार्थ घिमिरे फस्ट र प्रिन्स भद्मराई सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा सिरपा बज्राचार्य स्मार्ट, मेरिन श्रेष्ठ क्युट, एन्चेन गुरुध्र इनोसेन्ट, सिवानी चापागाई डिसिप्लिन, सुहाना मुसाजु ब्युटीफुल, मिनल केसी पर्सनालिटी, प्रिसा श्रेष्ठ चार्मिङ र सिमोन पोटे इन्टेलिजेन्स विधाको उपाधि विजेता भए। अर्को समूहमा अभानी अर्याल कम्फिडेन्ट, सान्भी निरौला क्युट, शुभानी कार्की चार्मिङ, अल्विन्का देवकोटा इनोसेन्ट, स्मारिका महर्जन स्मार्ट, आर्याना लक्ष्मी गुरुध्र ब्युटीफुल, समृद्धि चौहान डिसिप्लिन, वैभवी श्रेष्ठ एक्टिभ, आरोही तिवारी इन्टेलिजेन्स र रोजाश्री केसी पर्सनालिटी अवार्ड विजेता भए।

ब्वाइजतर्फ प्रिन्स भद्मराई इनोसेन्ट, गौतम घिमिरे ह्यान्डसम, प्रनिश श्रेष्ठ कन्फिडेन्ट, सिद्धार्थ घिमिरे पर्सनालिटी र उज्जन लाल श्रेष्ठ डिसिप्लिन अवार्ड विजेता भए।सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार बालबालिकालाई व्यक्तित्व विकासका साथै विज्ञबाट बाल उपायोगी प्रशिक्षण दिइएको थियो। जुनियर स्कुल प्रिन्सेज–२०२२ का वितेजाले छात्रवृत्ति र साइकल साथै विभिन्न उपहार प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्