सहकारीद्वारा सुपथ मूल्य पसल, उपभोक्तालाई राहत



पाल्पा  ।

केही समयको अन्तरमा पाल्पामा दुइवटा सुपथ मूल्यका पसल खुलेका छन् । तानसेनको देवकोटाचोकमा ‘बर्तुङ्ग सुपथ पसल’ र मेहल्धारामा ‘आँगन सुपथ पसल’ सञ्चालनमा आएका हुन् । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा आँगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेका हुन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सुपथ पसलको उद्घाटन गर्दै बजारको मूल्यमा एकरूपतामा ल्याउन तथा सहज सेवा प्रदान गर्न सुपथ पसलले महत्वपूर्ण भूमिका निर्वाह नगरप्रमुख शाहीले बताउनुभयो । उहाँले जनताको मनोभावना बुझेर सोही अनुसारका सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

तानसेन नगरपालिका ७ का वडाध्यक्ष मुक्तिराम जिसी तथा तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्री गर्दा मूल्य, गुणस्तर र आवश्यकतालाई ध्यान दिनुपर्ने बताउनुभयो ।बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विधान श्रेष्ठले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर उपभोग्य वस्तुहरू बिक्रीमा राखिने बताउनुभयो । सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने सहकारीका अध्यक्ष भीमलाल भट्टराई श्रेष्ठले बताउनुभयो । तीन लाख ५० हजारको लगानीबाट शुरू गरेको पसलमा असार मसान्तसम्म ५० लाख बराबरको लगानी गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ती, साबुनलगायतका उपभोग्य वस्तु सामग्री उपलब्ध गराइएको छ । बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । सुपथ पसल सञ्चालन भएपछि यहाँका उपभोक्ता खुसी भएका छन् ।

सुपथ मूल्यको पसलले व्यापारिक दृष्टिकोणले भन्दा पनि सेवामुखी भावनाले आम उपभोक्ताको विश्वास जितेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुपथ पसलबाट सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने आँगन सहकारीका अध्यक्ष भीमलाल भट्टराईले बताउनुभयो ।
शुरूआती चरणमा चामल, दाल, तेल, आँटा, चिउरा, चिनी, चियापत्ती, साबुनलगायतका सामग्री उपलब्ध हुनेछ । यहाँका उपभोक्ताको मागअनुसार दैनिक उपभोग्यवस्तु बिक्रीमा राखिने अध्यक्ष भट्टराईले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई प्राथमिकता दिएर बिक्री कक्ष बनाइने उहाँले बताउनुभयो ।

बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न तानसेन नगरपालिकाले सहकारीसँग सहकार्य गरेर सुपथ मूल्यको पसल सञ्चालन गरेको तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा थापाले बताउनुभयो । नगरपालिकाले चार लाख अनुदान र पाँच लाख बिउपुँजीको रूपमा नगद सहयोग गरेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्