१३६ औं वार्षिकोत्सव मनायो कोका–कोलाले



काठमाडौं ।

८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट शुरू भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।

यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन शुरू गरेका हुन् । आज यो पेयपदार्थ करोडौं मानिसहरूको प्रिय पेय पदार्थ भएको छ ।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्लेलगायतका पेय पदार्थ उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशकअघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गरेको थियो ।

नेपाली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरू उपलब्ध गराउँदै उनीहरूलाई आफ्नो आवश्यकताअनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ ।

यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ माआफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो । जुन १७५ मिलिको आरजीबी बोतलमा २५ माउपलब्ध रहेको थियो । नेपाली उपभोक्तासँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनका लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो ।

त्यस्तै, विश्वव्यापी रूपमा सन्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रूपमा मोमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्