यूएई टी–२० लिग हुने



लन्डन । 

विश्वभरि नै लोकप्रिय पाइरहेको टी–२० लिग क्रिकेटमा अर्को अध्याय थपिने भएको छ । संयुक्त अरब इमिरेटस (यूएई) क्रिकेट बोर्डले यूएई टी–२० लिग शुरु गर्ने घोषणा गरेको छ । आईपीएल (भारतीय प्रिमियर लिग) कै फरम्याटमा आयोजना हुने यो लिग अर्को वर्ष फेबु्रअरी मार्चमा शुरु हुन सक्नेछ । बोर्डले यो लिगमा भारतीय उद्योगपति मुकेश अम्बानी र गौतम अडानीका रिलायन्स समूह र अडानी समूहद्वारा टोली किनेको पुष्टि पनि गरिएको छ ।

इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले सोमबार जारी गरेको बयानमा बताइयो कि अडानी स्पोर्टस् लाइन कम्पनीले यूएईको फ्लैग्सिप टी २० लिगमा आफ्नो फ्रेन्चाइजी किनेको छ । यो लिगको लागि एक ल्यान्डमार्क साबित हुने पनि बोर्डले अपेक्षा बताएको छ । कुनै पनि विदेशी प्रतियोगितामा अडानी समूहको लागि यो पहिलो ठूलो लगानी हुनेछ । अडानी समूहभन्दा पहिले भारतीय मालिक भएको रिलायन्स समूहले पनि यो लिगमा आफ्नो फ्रेन्चाइजी किनेको छ ।

अडानीको यूएई टी २० लिगमा टोली किनेको पुष्टि भएसँगै सबै ६ फ्रेन्चाइजी टोलीको टुंगो लागेको छ । आगामी वर्ष शुरुवात हुने लिगमा म्यानचेस्टर युनाइटेड टोली पनि जोडिएको छ । म्यानचेस्टरको ग्लेजर समूह र दिल्ली क्यापिटल्ससँग जोडिएको जीएमआर समूहले पनि यो लिगमा टोली किनिसकेको छ । कोलकाता नाइट राइडर्सका मालिक शाहरूख खान पनि यो लिगमा संलग्न हुने सम्भावना भएको जनाएको छ । तर, यसको पुष्टि हुने बाँकी छ ।

यस्तै, अस्टे«लियाको बिग बोस लिगको टोली सिड्नी सिक्सर्स पनि यो लिगमा आफ्नो टोली उतार्नेछ ।ईसीबीले आधिकारिक रूपमा मान्यता दिएको यूएई टी २० लिगमा जम्मा ६ फ्रेन्चाइजी टोलीबीच कुल ३४ खेल हुनेछन् । विश्वभरिका अलग अलग टोलीका शीर्ष खेलाडीे यस लिगमा भाग लिन सक्नेछन् । यो लिगमा एक टोलीमा ८ अन्तर्राष्ट्रिय खेलाडीले खेल्ने अनुमति छ । यसले गर्दा यो लिग धेरै रोमाञ्चक र प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।

जबकि, आईपीएलमा एक टोलीमा चार अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने अनुमति रहेको छ । बोर्डका सचिव मुबासिर उस्मानीले लिग रोमाञ्चक हुनुका साथ साथै लिगमा नयाँ खेलाडीको लागि प्रतिभा देखाउन अवसर हुने पनि बताए ।यूएई टी–२० लिगको प्रत्यक्ष प्रसारण गर्ने पनि भएको छ । यसको प्रत्यक्ष प्रसारणको लागि भारतीय टिभी च्यानेल जी मिडियाले गर्नेछ । यसको लागि ईसीबी पहिले नै जी मिडियासँग १० वर्षको लागि सम्झौता गरेको छ । यो सम्झौता १ सय २० मिलियन डलर रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्