नेपाली टेबलटेनिस टिम फाइनलमा



काठमाडौं  । 

माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।

नेपाली क्याडेट गल्र्स टिमले श्रीलंकन क्याडेट गल्र्स टिमलाई सेमिफाइनलमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्