टेलिकमको निर्वाचन अफर



काठमाडौं ।

यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।

९८ रुपियाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिनसम्म सबै नेटवर्कमा २ सय मिनेट कुराकानी गर्न सकिने २ सय मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

३ दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३ सयवटा एसएमएससहितको ३ सय एसएमएस प्याक पनि ९८ रुपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।त्यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८रुपियाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्