एमाले कार्यकर्ताको घर कांग्रेस कार्यकर्ताद्वारा तोडफोड



धादिङ । धादिङमा नेकपा (एमाले) कार्यकर्ताको घर नेपाली कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । आज (आइतबार) विहान ज्वालामुखी गाउँपालिका–५ धुसेनीमा एमाले कार्यकर्ताको घर कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

कांग्रेस कार्यकर्ताहरूको समूहले उनीहरूको दुईवटा घर तोडफोड गरेको एमाले ज्वालामूखी गाउँपालिकाले जनाएको छ । एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको स्थानीय हरी थापाले टेलिफोनमार्फत जानकारी दिए ।

तोडफोडबाट ढोका फुटेको छ भने शौचालयमा समेत क्षति पुगेको छ । त्यस्तै भौतिक सामाग्री नष्ट भएको र कुखुरासमेत मरेको एमाले ज्वालामुखीका अध्यक्ष राजेश अधिकारीले बताए ।

तोडफोडमा संलग्न कार्यकर्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । चुनावी अभियानकै क्रममा दुई गाउँको सामान्य विवाद भएपछि कांग्रेस कार्यकर्ताले घर तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्