म्यादी अश्वासनले थला परेका सक्षम कार्यकर्ता



बालकृष्ण मैनाली

अब आउने शुक्रबार स्थानीय निर्वाचनमा मतदाताहरुले आफ्नो मत जाहेर गरेर योग्य उम्मेदवार छनौट गर्ने दिन परेको छ । त्यस्तो दिन पाँच वर्षमा अझ भनौं १८ सय २५ दिनमा राजनीतिक उथलपुथलले स्थान पाएन भने एकदिन मात्र आउँछ । त्यो दिन तपाईं–हामी मतदाताले सामान्य गल्तीको माध्यमबाट गलत मान्छेलाई मत प्रदान गरेर स्थानीय निकायमा पठायौं भने १८ सय २५ दिनमध्ये १८ सय २४ दिन अहिलेकै जस्तो गरी पछुताउनुपर्ने हुन्छ ।

१८ सय २५ दिनअगाडि हामीले दिएको मतले अहिले हामी को कति पछुताइरहेका छौं भन्ने कुराको विहङ्गम मनन नगरी अहिले पनि गल्तीगर्न पुग्यौँ भने भावी पुस्ताको कोपभाजनमा पर्ने कुरामा विमति देखिँदैन ।स्थानीय निर्वाचनको लागि यसपालि पनि नीति, सिद्धान्त र इमानदारी राजनीतिको छवि बनाएका केही इमानदार र सक्षम कार्यकर्ताले आ–आफ्ना नेतृत्वहरुलाई दबाब दिने प्रयास नगरेका होइनन्, विडम्बना उनीहरुको त्यो प्रयासलाई मूल नेतृत्वले सम्बोधन गर्नुको सट्टा पाँचबर्से म्यादी अश्वासनमार्पmत थान्को लगाउने काम ग¥यो । नेतृत्वले यतिसम्म भन्न भ्याए कि टिकट वितरणमा सबैलाई न्याय प-यो भन्न सकिने अवस्था रहेन, तसर्थ अन्यायमा परेकाहरुले पनि साथ–सहयोग गरेर अन्यायपूर्वक टिकट प्राप्त गरेका व्यक्तिहरुलाई जिताउन कम्मर कसेर लाग्न आह्वानसम्म गर्न पुगे ।

यो कस्तो विडम्बना हो, जब–जब न्यायकर्ताले तिमीलाई अन्याय गरेकै हुँ पनि भन्छ, तैपनि अन्यायपूर्वक टिकट पाएको मान्छेलाई सहयोग गर्नै पर्छ भनेर उर्दी पनि जारी गर्छ ।यसपालि पनि असल र इमानदार कार्यकर्तालाई राजनीतिक शोषण गर्न खप्पिस नेतृत्वले सदैव अब अर्को निर्वाचनमा टिकट पाउने तपाईंको पालो भन्दै थुमथुम्याउने कार्य गरिछाडे । अर्कोपल्टको गम्भीर अर्थ नबुझेरै होला सक्षम कार्यकर्ताहरु पनि निउरमुन्टी नगरेर त्यो कुरामा स्वीकृत जाहेर गरी खटिन पुगे । वास्तवमा नेतृत्वले प्रायः झुक्याइराख्ने अर्कोपल्टको अर्थ कम गम्भीर छैन । यसको अर्थ सामान्यरुपमा अर्थात् बिहान खाना कम भएर खान नपाएको कारण बेलुका कम्तीमा पेटभरि खान पाइन्छ भनेर अथ्र्याउनु नै इमानदार राजनीतिक कार्यकर्ताहरुको गम्भीर भूल ठहरिन पुगेको छ । अर्कोपल्ट भनेको अर्थ १८ सय २४ दिन कुर्नुपर्ने हुन्छ । त्यति कुर्दा पनि गैरकानुनी चन्दाको अगाडि नतमस्तक हुने नेतृत्वले पुनः अर्कोपल्टको १८ सय २४ दिन अर्थात् पाँच वर्ष कुर्ने निर्देशन दिने कुरा सामान्य बन्न पुगेको छ । प्रत्येक इमानदार कार्यकर्तालाई सरदर चारपल्ट यसरी झुक्याउन सफल भएमा २० वर्ष आफ्नो हालिमुहाली चल्नेमा नेतृत्व ढुक्क छ ।

प्रायः वर्तमानमा ज्येष्ठ नागरिकहरुको तहमा पुगिसकेका नागरिकहरु जसले त्यति बेला कुनै पनि कारणबाट शिक्षा ग्रहण गर्ने अवसर पाएका थिए भने र सँगसँगै तिनीहरुमध्ये कोही दश कक्षासम्म पढ्ने मौका प्राप्त गरेका थिए भने उनीहरुलाई एउटा कथा सम्झना हुनुपर्दछ । त्यो कथाको शीर्षक थियो छट्टु स्यालको कथा । त्यति बेला अनिवार्यरुपमा अंग्रेजी र नेपालीमा छट्टु स्यालका कथाहरु पढ्नुपथ्र्यो । अंग्रेजीमा चाहिँ ‘ब्लु ज्याकल’ भन्ने शीर्षकको कथा पढ्नुपथ्र्यो । सम्भवतः पढ्न अल्छी गर्ने र पढाइमा ध्यान नजाने विद्यार्थीका लागि पनि ती कथा रोचक लाग्थे । त्यति बेला नेपाली दन्त्यकथाको पुस्तक ज्यादै रोचक थियो । साँच्चै भन्ने हो भने त्यो दन्त्यकथामा उल्लिखित सबै कथाहरु प्रायः सबैलाई कण्ठै आउँथे ।

कथाको सारचाहिँ एकातिर चिल आयो चिल आयो भन्दै गाउँलेहरुलाई छक्याउँदै आकाशमाथि हेर्न लगाउने र गाउँलेहरुले आकाशमा हेरेको मौका पारेर कुखुरा चोरी भाग्ने स्यालको धुत्र्याइँ छ । कुखुरा मालिकहरु भने आकाशमा हेर्दा–हेर्दा आँखा टट्टाएपछि थकित भएर जब भुँइतिर हेरेर आ–आफ्नो कुखुरा गन्न थाल्छन्, त्यति बेला कुनै न कुनै कुखुरा मालिकको कुखुरा घटिसकेको हुन्थ्यो । ठ्याक्कै अहिले पनि त्यस्तै भएको छ, स्थानीय निर्वाचनमा योग्य उम्मेदवारहरुले टिकट नपाउनुमा । टिकट दिउँला भनेर कराएको बेला आकाशमा हेरेर टिकट झर्ला भनी बस्दाबस्दै अहिलेलाई होइन अर्कोपल्टलाई भनेर पाँचबर्से म्याद तोकिदिएपछि क्षमतावान् उम्मेदवारहरु स्यालले कुखुरा टिपेर भाग्दा जसरी कुखुरा मालिक ट्वाँ परेका थिए त्यसै गरी ट्वाँ परेका छन् ।

वर्तमानमा पुराना दलहरुको तर्पmबाट उम्मेदवार बनेका उम्मेदवारहरु मतदाताको घर–घरमा गएर आफ्नो धारणा राख्ने अवस्थामा विल्कुलै रहेका छैनन् भन्ने कुरा निर्वाचन प्रचारप्रसारको नियतिले देखाइरहेको छ । मतदातासँग विगतका पाँच वर्षमा दलीय उम्मेदवारका शासकहरुले के–के कुराको सम्बोधन गरे भन्ने कुरा निर्धक्क भन्न सकिरहेका छैनन् । मतदाताहरुबाट चुनिएर स्थानीय सरकार सञ्चालन गरिसकेको व्यक्तिले आफ्नो निर्वाचन प्रचारका क्रममा मतदातासमक्ष मत माग्ने क्रममा स्थानीय निकायहरुमा देखिएको बेरुजुबारे प्रश्न गर्दा रातो–पिरो मुख लगाएर त्यो स्थानबाट बहिर्गमन हुनुपरेका दृश्यहरु सामाजिक सञ्जालमा व्यापक प्रवाह भैरहेका छन् । अरु कुरा त परै जाओस्, अहिले उठेका कतिपय दलीय उम्मेदवारहरुबारे उनीहरु आफैले वितरण गरेको घोषणापत्रको मुख्य तीन बुँदा भन् त भनेर भन्ने हो भने ‘हामीलाई बुँदासुँदा थाहा छैन, पार्टीले उठ् भन्यो उठिदिएँ’ भन्ने उम्मेदवारहरुको कमी छैन । नपत्याए नगर र ग्रामीण क्षेत्रका जनजनले आफ्नो गाउँठाउँमा उम्मेदवारका रुपमा मत माग्न आउनेलाई यो प्रश्न सोधेर प्रमाणित गरे हुन्छ ।

कल्पना गरिएका राम्रा तथा उच्च कोटिका दलीय र स्वतन्त्र उम्मेदवारहरु निसहाय प्रतीत भैरहेका छन् । मतदाताहरुले परिकल्पना गरेको मार्गबाट मूल नेतृत्वहरु विचलित भैदिएका कारण फोहोर भएको राजनीति बाटो सफा हुनसक्ने लक्षणहरु देखा पर्न सकिरहेका छैनन् । बाटो सफा पार्न अब जनजन यो स्थानीय निर्वाचनमा कठोररुपमा प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना भएको छ । वर्तमान नेतृत्वलाई विस्थापित गरी इमानदार कार्यकर्ताहरु आपैmँ पहरेदारको रुपमा मूल कोष्ठभित्र प्रवेश गर्न ढिला भैसकेको छ ।

गठबन्धनसहितका राजनीतिक अंशियारहरुका अहिले पर्दामा परिदृश्य भैरहेको झगडाले उग्र रुप लिएन र भागशान्ति जय नेपालको नारा लगाउँदै भत्ता र तलब सेवा सुविधा प्राप्त गरिरहने विषयमा दृश्य वा अदृश्य सम्झौता हुन पुग्योे भने स्थानीय निर्वाचन सकिए पनि स्थानीय जनजनको इच्छा–आकांक्षा पूरा हुन हम्मेहम्मे नै हुन्छ । यतिसम्म जनतामा निराशा छाउँदा पनि सम्पूर्ण जनता, आम मतदाता अनि नेतृत्वको खल्तीमा भएका मतदाता र कार्यकर्ता भनिएकाहरुसमेत आजको दिनसम्म मौन साँधेर बसेका बस्यै छन् । प्रत्येक राजनीतिक अंशियारहरु आफ्नो भनाइ र भाषणमा आफूले जनताको भाषा बोलेको, जनताको लागि काम गरेको भन्ने झुट कुरा भन्न अहिले पनि संकोच मानिरहेका छैनन् ।

गाउँमा खाद्यान्न अभाव भएपछि चामल माग्न विकटका जनप्रतिनिधि राजधानी आइपुगेको कुराले अभै केही अर्थ राखिरहेको छैन । एकातिर खाद्यान्न अभावले भोकमरी निम्त्याइरहेको अवस्था छ अर्कोतिर खाद्यान्नहरु गोदाममा भएर पनि सहज वितरण नगरिदिएका कारण कुहाउँदै, फाल्दै गरेका परिदृश्यहरु पटक–पटक जनजनले देखिरहेका छन्, भोगिरहेका छन् । एकखाले जनप्रतिनिधि ‘खान नपाउने अवस्थामा पुग्न लाग्यौँ, खाद्यान्नको बन्दोबस्त गरिदेऊ’ भन्दै राजधानी धाएर गुहार लगाउँछन् अनि अर्का थरी जनप्रतिनिधि ‘गोदाममा खाद्यान्न त छ तर कसलाई दिने, कसलाई नदिने भनेर वितरण गरेका छैनौँ, राख्दाराख्दै कुहिएर गयो’ भनेर अलिकति पनि धकै नमानी खुलेआम प्रस्तुति दिइरहेको परिदृश्यले नेतृत्व तहमा रहनेहरुलाई अलिकति पनि चस्का पसेको छैन ।

विशेष गरेर गुटगत राजनीतिक अंशियारहरुलाई यी कुराले कहिल्यै छुँदैन । खान नपाएर हिंसाबाट पीडित परिवारका परिवार नदीमा हेलिएर ज्यान फालेका समाचारहरु प्रवाहित भैरहेका छन् । यो विषयले पनि यिनीहरुलाई कहिल्यै चिन्तित बनाउँदैन । विकासको फड्को मा¥यौँ र मार्दै छौँ भनेर भाषण छाँट्दै, मत माग्दै गरेको दृश्यलाई परिस्थितिले कुरी–कुरी भनेको यिनीहरुलाई न पत्तो छ, न थाहा छ ।हुन त आफ्ना रुचिका लागि आफ्नै गुटका हुन् या अन्य गुटका, आवश्यकता र आफ्ना रुचि अनुसार एक–आपसमा एकढिक्का भई प्रस्तुत हुने नौलो विषय त होइन, विगतका इतिहासहरुले यसलाई प्रमाणित त गरेका नै थिए, अहिले पनि पुनरावृत्ति भएकै छ । तर यसपालिको स्थानीय निर्वाचनमा एउटा विशेषता के थपिन पुग्यो भने, धेरै इमानदार कार्यकर्ताहरुले त्यस खाले कार्यको डटेर विरोध गरे र आवश्यक परे गठबन्धनका नेतृत्वहरुले उठाएका उम्मेदवारहरुलाई मत नदिने उद्घोषसमेत गरे ।

इतिहासबाट हामीले पाठ सिक्यौँ भन्दै ‘अब हामी एक भयौँ, अब गल्ती गर्दैनौँ’ भनी जनतासमक्ष कसम खाएर सत्तामा पुगेका स्थानीय सत्ताधारीहरुलाई पनि कम्तीमा आफ्नो रुचिको पोल्टामा नहालीकन स्वतन्त्ररुपमा काम गर्न दिएको भए यति विघ्न जनजन र आफ्नै कार्यकर्ताको नजरमा यसरी कसिँगरको रुपमा देखा पर्नुपर्ने थिएन ।देशको संविधानले निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई आफ्नो भूगोल र परिवेश हेरेर स्थानीय जनजनको हितको निमित्त आफ्नो अनुकूल कानुन निर्माण गर्न छुट दिएको छ । छानिएका प्रतिनिधिहरुले यति राम्रो कुरालाई पनि दुरुपयोग गर्न बाँकी राखेनन् ।

भर्खरै कर्णाली प्रदेशका प्रतिनिधिहरुले आपूmलाई बाँच्न गाह्रो भयो भन्दै आफूलाई मन लागेजति सेवा–सुविधा बढाएर जग हँसाएको धेरै भएकै छैन । यी सबै कुरालाई ध्यानमा राखेर यदि अबका नयाँ युवा मतदाताहरु, पुराना दलका खल्तीमा लुकेर बस्ने मतदाताहरु र स्वयं प्रतिबद्ध भएर लागिपरेका कार्यकर्ताहरुसमेतले संयुक्तरुपमा अब पनि बेथितिको विरुद्ध नजाग्ने हो भने आगामी पाँच वर्षको लागि हामीले आफ्ना सन्ततिहरुलाई पुनः थप पीडा प्रदान गरेको ठहरिने छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्