हरेक गीतलाई पहिलो मानेर संगीत भर्छु : राजु सिंह



राजु सिह तीन दशकदेखि नेपाली सुगम संगीतमा जमेको नाम हो। २०४८ सालमा प्रतिबिम्ब ब्यान्डमार्फत संगीतकारको रुपमा सांगीतिक करिअर शुरु गरेका राजुले सुगम संगीतका साथमा फिल्मी, लोक पप, भजनलगायत करिब १५ सय गीतमा संगीत भरेका छन् भने ३५ थान आफ्नै एल्बम बजारमा ल्याइसकेका छन्। रित्तो सडकमा, नजरको दोषी, झुमी–झुमी कता हिँडेको, मेरो साथ बिताएका, वचन तोडे कसमै तोडे, छुरा चलाइराख, बादलहरू हो, काँडा हो माया, बिर्सी जाने उनीलाईलगायत दर्जनौं लोकप्रिय गीतमा संगीत भरेका राजुले केही गीतमा संगीत संयोजन, विभिन्न सांगीतिक कार्यक्रमको संगीत निर्देशन, विभिन्न रेडियो र टेलिभिजनका लागि जिंगल तथा धुनको सिर्जना गर्दै आइका छन्। टिझनिटी कलेज अफ लन्डनबाट डिप्लोमा सरह तथा त्रिभुवन विश्वविद्यँलयबाट अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले शाश्त्रीय संगीतमा विशारद गरेका छन्। भ्वाइलिन, गितार, किबोर्डलगायत करिब एक दर्जन वाद्यवादनमा पोख्त उनीसँग गरिएको कुराकानी  :

हाल के गर्दै हुनुहुन्छ?

गीत संगीतमै लागिरहेको छु। अहिले पनि केही एलबमको तयारीमा जुटेको छु्। अशेष मल्लको गीति नाटक सपना अनेक अनेक, वसन्त बित्यासी थापासँगको सातै एलबम आनन्द, रत्न बज्राचार्यका साथ राजु आनन्द, विजय शिवाकोटीको नयाँ एलबम लगायतमा समावेश हुने गीतमा संगीत गरिरहेको छु।

संगीत सिर्जना गर्ने क्रममा के कुरामा विचार पु-याउनुहुन्छ?

कुनै पनि गीतको काम शुरु गर्दा इमानदारितालाई ध्यानमा राख्छु। जुन गीतमा काम गरे पनि यो मेरो पहिलो गीत हो र यसबाट मेरो संगीत, गायक गायिका र गीतकारका साथमा गीतले उचाइ पाउनुपर्छ भनेर दर्शक स्रोतालाई भगवान् मान्दै राम्रो प्रसाद चढाउनुपर्छ भन्ने हिसाबले काम गर्छु। यदि, म राम्रो गर्न सक्दिनँ भने नराम्रो पनि गर्दिन∫ भन्ने सोचले काम गर्छु। म रहुँ या नरहुँ, तर मेरो संगीत युगौँ युग बाच्नुपर्छ, मैले गरेको सिर्जनाले नेपाली संगीतलाई उचाइमा पुड्डयाउनुपर्छ भन्ने हिसाबले काम गर्छु। आफूले कम शुरु गरेपछि नेग्लिजेन्स गर्दिनँ, सचेत भएर काम गर्छु।

तपाईं संगीत सिर्जनाका साथमा अध्यापन पनि गराउनुहुन्छ, कुनमा सन्तुष्टि मिल्छ?

म स्कुल कलेजमा पढाउन जाँदा संगीतकारको रुपमा नभई एउटा शिक्षकको रुपमा जान्छु। आफ््ना गीत संगीतले लोकप्रियता पाओस्, तर कसैले नचिनुन् भन्ने सोच राख्ने कारणले मेरा विद्यार्थीले संगीतकार राजु सिंहले नै हामीलाई पढाइरहेका छन् भन्ने धेरैपछि मात्र थाहा पाएका छन्। जहाँसम्म अध्यापन र संगीत सिर्जनाको कुरा छ, म दुवै क्षेत्रमा इमान्दारीपूर्वक काम गर्छुु। मेरो लागि अध्यापन र सिर्जना दुवै पर्यायवाची शब्द हुन्। दुवै क्षेत्रमा फरक खालको आनन्द प्राप्त हुन्छ।

फिल्मी संगीतमा खासै नदेखिनुको कारण?

गीत-संगीत भनेको फिल्मको मेरुदण्ड नै हो। यस कारण संगीतको महङ्कव बुझेका निर्देशकसँग काम गर्नु राम्रो हुन्छ। फिल्मको काम गर्दा समय पनि धेरै दिनुपर्छ। आफ्नो व्यस्तताका कारण पनि फिल्ममा समय दिन सक्दिनँ। आफूले काम गरेपछि त्यसको छुद्मै महङ्कव र पहिचान होस् भन्ने हिसाबले काम गर्न चाहन्छु। पहिले एक फिल्ममा शुरुमा तपाईंको मात्र संगीत हुनेछ भनिएको थियो, तर, पछि अरुलाई पनि गीत दिईंएको रहेछ। आफूले गरेको काममा इमानदारीताको कमी महसुस भएपछि अब यसरी काम कहिल्यै गर्दिनँ भन्ने सोचले काम गरिन∫। अहिले पनि जोइन्टरुपमा काम गर्नुस् भन्नुहुन्छ, तर मलाई त्यसरी काम गर्न मन लाग्दैन। म्युजिकल फिल्म आयो भने गर्ने भनेर बसेको छु, त्यो दिन छिटै आउनेछ।

एउटा गीतमा संगीत भर्न कति समय लाग्छ?

रामकृष्ण ढकालले गाएको वचन तोडे कसमै तोडे गीतको संगीत आधा घण्टामा गरेको थिएँ, तर कुनै गीतको लागि तीन वर्षसम्म लागेको पनि छ। कतिपय गीतको स्थायी सकिएर अन्तरा गर्न बाँकी भएकाले निकै लामो समय लागेका छन्। मेरो लागि कुनै पनि गीत चुनौती हो भन्ने लाग्छ। राम्रो शब्द छ भने त्यसमा आफैँमा गायन संगीत र वाद्यवादन हुन्छ, त्यस्ता गीतलाई धेरै समय लाग्दैन।

कुन विधाको संगीत सिर्जना सजिलो र गाह्रो हुन्छ?

मलाई गीतमा संगीत भर्नु भनेको सगरमाथा चढेजत्तिकै गाह्रो लाग्छ। हुन त धेरै स्रष्टाले राजुले गीत छोयो कि हिट र्भहाल्छ भन्नुहुन्छ। तर, मेरो लागि संगीत भर्नु निकै गाहझो काम हो। म आफूलाई निकै भाग्यमानी संगीतकार मान्छु की जुनसुकै विधाका गायक, गायिका, गीतकार गीत लिएर मकहाँ आउनुहुन्छ र मेरो कामबाट सन्तुष्ट भएर धेरैपटक दोहोड्डयाएर काम गरिरहनुभएको छ। आशा भोषले, गुलाम अलिदेखि नेपालका ओम विक्रम विष्टलगायत सबै पुस्ताका साथ काम गर्ने मौका पाएको छु।

हिजोआज संगीतकार नै गीत गाउन थालेका छन् नि?

संगीतकारले गीत गाउने चलन हाम्रोमा मात्र होइन, विश्वका चर्चित संगीत उद्योगमा पनि छ। संगीतकारले गीत गाउनै नहुने भन्ने त छैन, तर आफूलाई सुहाउँछ भने मात्र गाएको राम्रो हो। हाम्रोमा चाहिँ संगीतकारले नगाएको खण्डमा गीतको महङ्कव अझै बढ्थ्यो कि भन्ने लाग्छ। गायक संगीतकार, गीतकार, संगीत संयोजक आदिले आफ्नो पार्टमा राम्रो गरे गीत संगीतको महङ्कव र स्तरीयता अझै राम्रो हुन्थ्यो कि। खर्च घटाउँ भन्ने हिसाबले बिग मार्ट खोलेजस्तै आफैं गीतकार आफैं संगीतकार अनि आफैं गायक हुँदा राम्रा शब्द तथा गायकीको इन्टझड्युस हुन सकेको छैन कि जस्तो लाग्छ । संगीतकारले त्यसरी काम गर्दा आफ्नो कामको मूल्याकंन हुन सकेको छ की छैन भन्ने कुरामा पनि विचार गर्नुपर्छ। गायकको पनि पैसा बचाउँछु, गीतकारलाई किन पैसा दिने शब्द पनि आफैैं लेख्छु, संगीत त आफैँ भरिहाल्छु भनेर सबैको ठाउँ ओगट्न खोज्नु राम्रो होइन। कतिपय अवस्थामा प्रोड्युसरको प्रेसर तथा समय अभावका कारण पनि संगीतकार आफैंले गाउनुपर्ने अवस्था आएको हुन सक्छ। मेरो आफ्नै कुरा गर्दा भविष्यका पुस्ताले एउटा यस्तो संगीतकार राजु सिंह थियो, जसलाई गीत गाउनै आउँदैनथ्यो भन्ने पनि हुन सक्छ। त्यसकारण भविष्यमा राजु सिंहको स्वर कस्तो थियो त भनेर खोज्नेहरुका लागि आफ्नो स्वरमा केही गीत रेकर्ड गर्ने तयारी गरेको छु।

संगीत क्षेत्रमा देखिएको विकृतिलाई कसरी हेर्नुभएको छ?

संगीत क्षेत्रमा विकतिभन्दा पनि मनोरञ्जन र संगीत फरक हो भन्ने भेद नभएको जस्तो लाग्छ। अहिले टिकटकलगायतका सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम हो। यस्ता सञ्जालमा आइरहेका गीतलाई मानिसले मनोरञ्जनको रुपमा लिएका छन्। वास्तविक र संगीत जगतलाई बचाऊँ भन्ने संगीतकर्मीले मनोरञ्जनका लागि मात्र संगीत ल्याएर समयको माग भनेर पन्छिनु हुँदैन। यस्तो खालको गतिविधिबाट वास्तविक श्रष्टा डराउने र आत्तिने गर्नु हुँदैन। जो वास्तविक संगीतकार छन्, उनीहरुको भविष्य उज्ववल छ। उनीहरुले साधना र तपस्या छोड्नुहँुदैन।

यति धेरै गीतमा संगीत भर्नुभएको छ। रोयल्टीबापत थुप्रै पैसा पाउनुभयो होला नि?

केही मात्रामा रोएल्टीबापत रकम पाइरहेको छु। तर, जति पाउनुपर्ने हो, त्यो पाइरहेको छैन। श्रष्टाले पाउनुपर्ने रोयल्टी वितरणको सुरुवात त भएको छ, तर केहि श्रष्टाले मात्र नभई सबैले पाउनुपर्छ। धेरै चलेको गायक, गायिका संगीतकार होस् या एकपटक मात्र काम गरेको व्यक्ति होस्, सबैले रोयल्टी पाउनुपर्छ। आफ्नो सिर्जनाबाट आएको पच्चिस पैसा या दुई रुपियाँ नै किन नहोस्, त्यो पाउँदा गर्व लाग्छ। स्रष्टाले पाएको रोएल्टीले गीत संगीतमै अघि बढ्न सजिलो हुन्छ। मैले पाएको रोएल्टी पनि संगीतमै लागाउन राख्ने गरेको छु। नेपालका विभिन्न एफएम, टेलिभिजन आदिमा जिंगल र विभिन्न धुनहरु तयार पारेको छु भने इटाली अमेरिका जस्ता देशबाट प्रसारण हुने एफएमका लागि पनि जिंगल बनाएको छु। त्यहाँबाट बैंकमार्फ त समयभन्दा अघि नै खातामा रोयल्टी पठाइदिएका हुन्छन्। विदेशतिरका संगीतकर्मीले रोयल्टीमाफर्त राम्रो रकम पाइरहेका हुन्छन्। उनीहरु रोयल्टीबाटै संसार घुमिरहेका हुन्छन्। नेपालमा पनि त्यस्तै भए निकै राम्रो हुने थियो।

अहिलेको सांगीतिक क्षेत्र कस्तो छ?

अहिले ठेटदेखि लिएर अन्डरग्राउन्ड र परिभाषा नै नभएका गीत+संगीत आएका छन्। सबै खालका गीत-संगीत आउँदा वास्तविक श्रष्टाचाहिँ पर भएका छन्। अहिले सुन्नेभन्दा नाच्ने गीतले बढी प्रायोरिटी पाएको अवस्था छ। हुन त यो समय धेरै राम्रा र लोभलाग्दा गीत संगीत पनि आएका छन्। कतिपय गीत संगीत सुन्दा अग्रज श्रष्टाले पनि यस्तो पो गीत-संगीत त भन्ने गरेको सुनिन्छ। तर, पनि अहिले वास्तविक र स्तरीय संगीतकर्मी छायाँमा परेका छन्। अग्रजले कोरेको सांगीतिक ढाँचालाई हामीले बचाउनुपर्छ। अहिले संगीतमा डुब्नेभन्दा पनि संगीतलाई डुबाउने प्रथा बढी छ। यसलाई बचाउन राज्यले गीत-संगीतमा पनि सेन्सर बोर्डको व्यवस्था गरेर संगीतको मापदण्ड तयार गर्नुपर्छ। नयाँलाई आउँदै नआउ भन्न खोजेको होइन, तर कस्ता गीत-संगीतका साथ आउने भनेर संगीतकर्मी, विभिन्न संघ सस्था तथा सञ्चार माध्यमबीच बृहत छलफल गरेर संगीत क्षेत्रका लागि मापदण्ड तय गर्नुपर्छ।

पहिले र अहिलेको संगीत क्षेत्रमा के–कस्तो अन्तर महसुस गर्नुभएको छ?

पहिलेको संगीत क्षेत्रको पनि आफ्नै चार्म थियो, अहिलेको पनि आफ्नै चार्म छ। तर, त्यतिबेला गायक, गायिका, संगीतकार वाद्यवादक सबैबीच एक प्रकारको आत्मीयता थियो। त्यो अवस्था अहिले छैन। अहिले त गायकले गीत गाउँ छ भने कसले संगीत गरेको कसले एरेन्ज गर्दैैछ भन्ने पनि थाहा हुँदैन। आफूले संगीत गरेको गीत कसले गाउँदैछ भन्ने पनि थाहा नहुने अवस्थासमेत छ। वास्तविक गीत-संगीत त्यो बेला आए, जसलाई हामी संगीतको ग्रामरको रुपमा लिनुपर्छ। पहिले ५-१० जना, बढीमा ५० जना गायक, गायिका, संगीतकार हुन्थे भने अहिले त घर-घरमा छन्। लाखौंसँग कम्पिटिसन गर्नुपर्छ। अहिले कतिलाई प्रविधिले संगीतकार बनाइदिएको छ कतिलाई मिडियाले बनाइदिएको छ।

कमाइको हिसाबले गीत संगीतको क्षेत्र कस्तो छ?

अरुको बारेमा त भन्न सक्दिनँ, आफ्नो बारेमा भन्दा स्तरीय संगीतको लागि संगीतकर्मीहरु मलाई सम्झिनुहुन्छ। म महँगो संगीतकारमा पर्छु। इमान्दिारिता र मेहनतका साथ स्तरीय संगीत सिर्जना गर्दा त्यहीअनुसार पारिश्रमिक राख्नुपर्छ। मैले क्लिएर रुपमा आफ्नो पारिश्रमिक भन्ने गरेको छु र कमाइको हिसाबले सन्तुष्ट छु।

संगीत क्षेत्रलाई सरकारले कुन रूपमा लिएको छ ? कतिको साथ सहयोग गरेको छ?

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्टिय नाचघर, रेडियो नेपाल आदिले गीत संगीतको प्रवद्र्धन गरिरहेका छन्। तर, जति संगीत क्षेत्रका लागि गर्नुपर्ने हो, त्यो भएको छैन। संगीत क्षेत्रले राज्यलाई ठूलो कर तिरिरहे पनि त्यो अनुसारको सुविधा दिन सकेको छैन। डाक्टर, इन्जिनियरजस्ता विषयमा विदेशमा अध्ययन गर्नका लागि सरकारले स्कलरसिपको व्यवस्था गरे जस्तै संगीतका विद्यार्थीले पनि संसारका राम्रा संगीत कलेज पढ्न पाउनुपर्छ र स्कलरसिपको व्यवस्था गर्नुपर्छ। पहिले रेडियो नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठान आदिमा गायक-गायिका, वाद्यवादकका लागि अफिसको व्यवस्था थियो। वाद्यवादकलाई प्राविधिक कर्मचारीको रुपमा राख्ने चलन थियो, तर अहिले संगीतकर्मीका ला

प्रतिक्रिया दिनुहोस्