ट्राभल शो शुरु



ट्राभल रियालिटी टेलिभिजन सो इम्याजिन नेपाल बिहीबारबाट प्रसारणमा आएको छ।उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउने ७ भिडियो निर्माता निर्देशक टिम बीच प्रतिस्पर्धा हुनेछ।

प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न सात जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन्।

शोमा प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अविन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपालफुड रहेका छन्।

शो कान्तिपुर टेलिभिजन र इम्याजिन नेपालको यु–ट्युब च्यानलबाट प्रसारणमा आएको छ। सोमा भूषण दाहाल मुख्य निर्णायक तथा सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिड छन्।

प्रतिक्रिया दिनुहोस्