आईजिपी नियुक्ति प्रकरण : एआईजी पोखरेलको रिटमाथि सुनुवाइ आज

पोखरेलको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलास



काठमाडौँ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ हुने भएको छ । हिजो (बुधत्रार)देखि सुरु भएको रिटमा आज (बिहीबार) पनि सुनुवाइ हुने भएको हो ।

बुधवारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि आज पनि हुन लागेको सर्वोच्चले जनाएको छ । गत सोमबार एआईजी विश्वराज पोखरेलले सरकारले वरिष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धीरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्