ललितपुरमा एमालेको घरदैलो अभियान सम्पन्न



ललितपुर । 

नेकपा एमाले ललितपुर महानगरपालिका वडा नं १८ र २५ मा एमालेको घरदैलो अभियान सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको लालकिल्ला बनाउने जनाउँदै एमालेको तर्फबाट ललितपुर महानगरपालिका मेयरका उम्मदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य र दुईवटा वडा अध्यक्ष र सदस्हरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा महानगरका मेयरका उम्मेदवार व्यञ्जनकारले सार्वजनिक स्थानमा फलफूलजन्य तथा अधिक अक्सिजन प्रदायक वृक्षरोपण तथा व्यावसायिक कृषिमुखी अनुदान, एक घर एक करेसाबारी, बाह्रै महिना हरियो तरकारी, उद्यमशीलता विकास इकाईमार्फत ‘एक घर एक रोजगारी’ प्रदान गर्ने नाराका साथ आफूहरू निर्वाचनमा उम्मेदवारी दिएको बताउनुभयो ।

वडामा महिला हितका लागि सहुलियत मूल्यमा विद्युतीय चुलो वितरण र प्रत्येक वडामा गृहिणी क्षमता विकास तथा सशक्तीकरण शिक्षामार्फत रोजगारमूलक विशेष अभियान सञ्चालन गरिने योजनाबमोजिम आफूहरू निर्वाचमा उत्रिएको उपमेयर पदका उम्मेदवार मञ्जली शाक्यलको भनाइ थियो ।

मुलुकमा रहेको ७७ जिल्लामध्ये उत्कृष्ट वडा बनाउने नाराका साथ आफू १८ नं वडामा उम्मेदारी दिएको वडाध्यक्ष पदका उम्मेदवार दामोदर खड्काले बताउनुभयो । सो घरदैलो अभियान बुधबार बिहान नख्खु चोकमा भेला भएर शुरू गरिएको थियो ।सो क्रममा उहाँहरूले आफूलाई विजयको माला लगाउने बनाउनसमेत आग्रह गर्ने वडाबासीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा २५ वडाका अध्यक्षका उम्मेदवार दौलतकुमार केसीले आफूले जनताको माझमा राखेको प्रतिबद्धता पूरा गर्दै लैजाने बताउनुभयो ।घरदैलो कार्यक्रममा ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार, उपमेयर पदका उम्मेदवार मञ्जली शाक्य दुवै वडाका वडाध्यक्षलगायत वडासदस्यका साथै नगरबासीले उत्साहका साथ आफूहरूलाई मतदान गर्न अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्