कोरोना संक्रमित बढेसँगै एक जनाको मृत्यु



काठमाडौं  । 

छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी कोरोना अपडेट रेकर्डमा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।

नेपालमा ३ हजार ८ सय २१ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर न्यून भएको थियो तर २०७९ सालको शुरूवातसँगै राजनीतिक चहल पहल र भीडभाड बढ्नुका साथै स्वास्थ्य मापदण्डको पालनामा ध्यान नदिँदा पुनः कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै जानुका साथै १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्दै स्वास्थ्य सचेतना अपनाउनका लागि आम नागरिक सामु अपिल गरेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्