माछापालक किसानलाई ३५ हजार माछाका भुरा



खुशीमाया गुरुङ, लमजुङ ।

राइनास नगरपालिकाले माछा पालक किसानलाई माछाका भुरा वितरण गरेको छ ।नगरपालिका पशुपक्षी शाखाले व्यावसायिक रूपमा माछा पालन शुरू गरेका किसानहरूलाई कमन ग्रास र ग्रासकार्प जातका माछाका भुरा निःशुल्क वितरण गरेको हो ।

किसानको मागको आधारमा पालिकाभित्रका २९ जना किसानहरूलाई ३५ हजार माछाका भुरा वितरण गरिएको राइनास नगरपालिका पशुपछी शाखा प्रमुख शिवबाबु देवकोटाले बताउनुभयो ।

यसै गरी शाखाले भकारो सुधार कार्यक्रमअन्र्तगत छनोट भएका लाभग्राहीहरूलाई आर्थिक सहयोग गरेको छ ।आर्थिक वर्ष २०७८-०७९ को वार्षिक स्वीकृत अनुदान कार्यक्रमअन्र्तगत पशुपालक किसानलाई भकारो सुधारका लागि १०-१० हजार रूपियाँ प्रदान गरिएको हो । मागमा आधारित उक्त कार्यक्रमअन्र्तगत प्रत्येक वडाका ३-३ जना गरी ३० जना किसानले अनुदान पाएका छन् ।

धरै किसानबाट अनुदानका लागि माग आवेदन पेस गरेकोमा अनुदनका लागि प्रक्रिया पूरा गरेका तथा स्थलगत अनुगमनपश्चात् छनौट भएका किसानलाई अनुदान रकम दिइएको पशुपछी शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो ।अनुदान कार्यक्रमअन्र्तगत शाखाले पालिकाभित्रका सुनौलो हजार दिनका आमाहरूलाई ५० प्रतिशत अनुदानमा कुखराको चल्ला वितरण गरेको छ । सुहाराको समन्वयमा १० वटै वडामा रहेका सुनौलो हजार दिनका आमाहरूलाई पोषण सुधारका लागि गिरिराज कुखुराको चल्ला वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्