कलाकार भएपछि मात्र नायक वा खलनायक बन्न सकिन्छ: सम्राट सापकोटा



रंगकर्मी, अभिनेता तथा निर्देशक सम्राट सापकोटाले चार दशकदेखि यो क्षेत्रमा आप्mनो कुशलता प्रदर्शन गर्दै आएका छन्। रंगमञ्चबाट कला क्षेत्रमा प्रवेश गरेका सम्राटले २०३८ सालमा पहिलोपटक अभिनय गरेको नाटबाटै राष्ट्रिय नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार चुम्दै आफ्नो अभिनय यात्रालाई अघि बढाउँदै आएका छन्।

त्यसपछिका दिनमा राष्ट्रिय नाचघरमा माथिल्लो श्रेणीको नाटक कलाकार रहेर करिब डेढ दशकसम्म नाचघरकै नाटकमा छाएका उनले ०४२ सालमा कृष्ण चरित्रको अभिनयमार्फत राष्ट्रिय पुरस्कार चुमेका थिए भने अभिनय कर्मलाई अघि बढाउने क्रममा अभिनय तथा निर्देशन विधामा थुप्रै पुरस्कार तथा मान सम्मान प्राप्त गरेका छन्।

हालसम्मकै सर्वाधिक लामो समय चलेको लोकप्रिय नाटक के सक्कली के नक्कलीदेखि लिएर मुकुन्द इन्दिरा, लक्ष्मीपूजा, मुना मदन, कृष्ण लीला, दुर्गा अवतारलगायत सात दर्जन नाटकका विभिन्न भूमिकालाई सजिव तुल्याएका उनले फिल्म चोखो मायामार्फत रजतपटमा प्रवेश गरे। त्यसपछिका दिनमा राजकुमार, आर्मी, कर्णवीर, शासन, बारुद, कोहिनुरलगायत करिब साढे दुई दर्जन फिल्ममा नायकदेखि खलनायकसम्म सशक्त अभिनय क्षमता प्रदर्शन गर्दै छन्।

सपना लगायतका भिडियो फिल्मदेखि अपराधी को?, निर्दोष कैदी, घात प्रतिघात, पर्खाललगायतका टेलिफिल्ममा अभिनय गरेर सम्राटले लामो समयको अभिनय अनुभवपश्चात् कप्स नामक फिल्म निर्देशन पनि गरेका छन्। कलाक्षेत्रका विविध विषयमा उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:
रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ?

अहिले फिल्म क्षेत्र धरासायी अवस्थामा छ। यो बेलामा आफूले पनि केही गर्ने कि भन्ने सोचेको छु। आफैंले स्क्रिप्ट लेखेको आर्टिस्टिक फिल्म बनाउने सोच बनाएको छु। कर्मक्षेत्र बचाउनका लागि योगदान होस् भन्ने सोचले यो फिल्म बनाउन लागेको हुँ, नाफा कमाउँछु भन्ने सोचबाट बनाउन लागेको चाहिँ होइन।

हिजोआज रंगमञ्च वा फिल्ममा देखिनुभएको छैन नि?

करिब १५-२० वर्ष नै भयो रंगमञ्चमा त ब्रेक नै लागेजस्तै भएको छ। रंगमञ्चमै काम नगरे पनि अभिनय त गरी नै रहेको छु। मैले नाटक कलाकार हुँदै निर्देशकको रुपमा काम गरेँ, नाटक पनि लेखेँ, त्यसपछि भिडियो फिल्म, टेलिफिल्म, फिल्म हुँदै निर्देशन गरेँ। म एउटै विधा भनेर कहिल्यै पनि बसिन। २०३८ सालमा कलेजबाट राष्टिझय नाटक महोत्सवमा भाग लिएर पुरस्कार जितेको थिएँ। त्यो बेलाको निर्णायकमध्ये एक नारायण गोपाल पनि हुनुहुन्थ्यो।

उहाँ त्यतिबेला राष्ट्रिय नाचघरको जीएम हुनुहुन्थ्यो । नाटक हेरेपछि नाचघरमा मुकुन्द इन्दिरा खेल्न बोलाउनुभयो। त्यहाँ गएर नाटक खेन्न थालेपछि मेरो करिअर नै चेन्ज भयो । त्यहाँ रहेर गीति नाटक, संगीत नाटक, भाव नाटक, ब्यालेलगायत सबै प्रकारका नाटकमा अभिनय गरेँ।

अहिले पनि वीरेन्द्र हमाल, राजन खतिवडालगायतका साथीभाइले बेला-बेलामा नाटकमा आउनुप-यो भनिरहेका हुन्छन्। तर, के मिलिरहेको छैन छैन। आफै‌ंले खेलेको र राष्टिझय पुरस्कार जितेको नाटक मुकुन्द इन्दिरा निर्देशन गर्छु भन्ने योजना बनाएको थिएँ। तर, कोरोना कहरले गर्दा रोकियो। अब भने उक्त नाटक निर्देशन र अभिनय गर्ने सोचमा छु। अब फिल्म पनि गर्छु।

तपाईंलाई फिल्ममा काम गराउन अर्थात् चित्त बुझाउन निकै कठिन छ रे, कतिपय एग्रिमेन्ट गरिसकेको फिल्म पनि छोडिदिनुहुन्छ रे?
मेरो अभिनय करिअरमै मैले लिएर छोडेको फिल्म एउटा मात्र हो। त्यो पनि मेरो कारणले होइन, उक्त फिल्मको युनिटको कारणले हो। पहिले पहिले कलाकारलाई स्क्रिप्ट दिने चलन थिएन। डाइरेक्टरले कथा सुनाएको भरमा काम गर्ने चलन थियो। कतिपय फिल्म त काम गर्दै जाँदा पहिले भनेको जस्तो केही नभएका पनि छन्। एउटा फिल्मको काठमाडौंलगायत केही स्थानमा सुटिध्र गरिसकेपछि चितवनमा सुटिध्र गर्ने भनेर हतार हतार बोलाइयो। छिटै पुग्न प्लेनको टिकट लिएँ, ढिला भएर प्लेन छुट्यो।

तैपनि, निकै कष्ट गरेर हतार हतार गाडीमै चितवन पुगेँ। त्यहाँ बस्ने व्यवस्था पनि राम्रो थिएन। द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कोठा म्यानेज गरेर राखे। चार पाँच दिनसम्म कुर्दा पनि मेरो सुटिध्रको पालो नआएपछि काठमाडौं फर्किएँ। काठमाडौं फर्किएको अर्को चार पाँच दिनपछि बल्ल तपार्इंको पालो आयो भनेर बोलाइयो। तर, म गइन∫। यदि, मेरो कारणले घाटा लागेको छ भने म व्यहोर्छु तर तपाईंले भने जस्तोचाहिँ रहेनछ, म गर्दिन भनेर त्यो फिल्म छोडिदिएँ। त्योबाहेक मैले एग्रिमेन्ट गरेर फिल्म छोडेको छैन। बरु आफूलाई चित्त नबुझेको खण्डमा राम्रो तरिकाले म काम गर्दिन भनेर चाहिँ धेरैलाई भनेको छु।

खासमा फिल्ममा अभिनय गर्न केñके कुरा हेर्नुहुन्छ?

विषयवस्तु राम्रो छ र पर्फमेन्स देखाउने खालको छ भने त्यस्तो फिल्मलाई प्राथमिकता दिने हो। नत्र मलाई गीत नै चाहिन्छ, फाइट चाहिन्छ भन्नेचाहिँ छैन। नायक भनेको स्टझध्र क्यारेक्टर नै मान्दिन। त्यसलाई सपोर्ट गर्ने हजाराैँ कलाकार हुन्छन्। उसलाई गीतले, द्वन्द्वले सपोर्ट गर्छ। हिरोलाई भिलेनले नै उठाइरहेको हुन्छ। त्यसकारण आफ्नै बलबुतामा गर्ने खालको राम्रो भूमिका भए मात्र काम गर्ने गरेको छु।

नायकदेखि खलनायकसम्मको भूमिकामा देखिनुहुन्छ, खासमा तपाईं नायक कि खलनायक?

म आफूलाई नायक वा खलनायकभन्दा पनि कलाकार भन्न रुचाउँछु। एउटा कलाकार भएपछि मात्र नायक वा खलनायक बन्न सकिन्छ।

फिल्म निर्देशन पनि गर्नुभयो, अभिनय र निर्देशनमा कुनचाहिì कठिन काम रहेछ?

निर्देशन र अभिनय फरक-फरक पाटा हुन्। दुवैमा नजिकको सम्बन्ध भए पनि आकाश जमिनको फरक छ। अभिनय भनेको डाइरेक्टरले सिचुयसन बुझेर कलाकारलाई सिकाएअनुसार गर्ने कुरा हो। अभिनयमा भने आफ्नो रोलबारे मात्र बुझे हुन्छ। तर, निर्देशकले कम्पिट्ली फिल्मको विषयवस्तुदेखि लिएर त्यसमा आउने क्यारेक्टरको बारेमा अध्ययन र अनुसन्धान गरेर बुझ्नुपर्छ। राम्रो डाइरेक्टरमा हरेक चरित्रदेखि लिएर क्यामेरालगायत प्राविधिक कुराको ज्ञान हुनुपर्छ। त्यस कारण निर्देशन अभिनय भन्दा कठिन नै हो।

तपाईंअब अभिनेता कि निर्देशक?

निर्देशकको रुपमा मैले भर्खर-भर्खरै शुरु गरेको हो। त्यसकारण मैेले भन्न अलि गाह्रो हुन्छ। हुन त मैले नाटक निर्देशन गर्दा निर्देशन विधाको राष्ट्रिय पुरस्कार नै पाएको हो। फिल्म निर्देशन गरेपछि त मैले अवार्डमा भाग लिएको छैन। अवार्डमा भाग लियो भने कामना फिल्म अवार्ड र राष्टिझय चलचित्र अवार्डमा चाहिँ भाग लिने इच्छा छ। निर्देशनमा रुचि छ, त्यसैले फेरि आउँछु। शुरुमा कलाकारको रुपमा काम गरेको तथा धेरै संख्यामा नाटक, फिल्म, टेलिफिल्म, भिडियो फिल्ममा अभिनय गरेको र थुप्रै पुरस्कार जितेको हुनाले धेरैचाहिँ म कलाकार नै हो।

रंगमञ्च र फिल्ममा कुन चाहिìमा रमाइलो लाग्छ?

रमाइलोको त रंगमञ्च नै लाग्छ, यसमा तुरुन्तै रिजल्ट पाइन्छ। फिल्ममा अभिनय गरेको मिलेन भने कयौँचोटी टेक लिन सकिन्छ। रगंमञ्चममा दर्शकको अगाडि अभिनय गरिने भएकाले तुरुन्तै दर्शकको प्रतिक्रिया पाइन्छ। तर, रंगमञ्च गाह्रो पनि छ। एक चोटी फुस्क्यो भने गयो। राम्रो गरे पनि नराम्रो गरे पनि दर्शकको अगाडि नै गरिन्छ।

पहिले र अहिलेको फिल्म क्षेत्रमा केñकस्ता परिवर्तन अनुभव गर्नुभएको छ?

फिल्ममा पहिलेभन्दा निकै परिवर्तन पाएको छु। त्यतिबेला १६ एमएम रिलमा खिचेर ४५ मा डेभलप गरिन्थ्यो। अहिले डिजिटल प्रविधिका कारणले जमाना फरक भयो। सानो सानो क्यामेराले खिचेर पनि पर्दामा देखाउन सकिन्छ। पर्दाको क्वालिटीमा पनि भेराइटी आएको छ। पहिले ठूलो-सानो जुन ब्यानरले फिल्म बनाए पनि एउटै क्यामेरा प्रयोग हुन्थ्यो। अहिले धेरै नै अप्सन छ। पहिले र अहिले कलाकार तथा प्राविधिकको अनुशासनको कमी पाएको छु। पहिले निकै अनुशासन हुन्थ्यो। निर्देशक ठूलो कमान्डर हुन्थ्यो। उसको आदेश विना केही हुँदैनथ्यो। तर, अहिलेचाहिँ त्यो टुटेको देख्छु।

अबको योजना के छ?

आगामी दिनमा कलाकारको रुपमा भन्दा पनि निर्देशकको रुपमा अघि बढ्ने योजना छ। यद्यपि, कलाकारको रुपमा पनि देखिन सकिएला। कला क्षेत्रमा यत्रो समय बिताएपछि फिल्म क्षेत्रमा केही योगदान दिनु त पर्ला। यसकारण पनि फिल्म क्षेत्रलाई चलायमान बनाउन घाटा नाफा जेमा गए पनि फिल्म निर्माण गर्नेछु। १०-१५ वर्षयता फिल्म क्षेत्रसँगै सम्बन्धित आर्या फिल्म्स् नामक फिल्म निर्माण उपकरण कम्पनी चलाइरहेको छु। यसलाई पनि निरन्तरता दिनेछु।

प्रतिक्रिया दिनुहोस्