मिहिनेतको फल



एउटा कथा छ । एकजना गरिब मानिस थियो । ऊसँग न त जमिन थियो, न जीविका चलाउने कुनै उपाय । जसोतसो गरेर उसले केही पैसा जम्मा ग-यो । त्यसबाट ऊ जग्गा किन्न चाहन्थ्यो । धेरै खोजेपछि उसले एउटा बाँझो जग्गा पायो । त्यसमा धेरै वर्षदेखि हलो लगाइएको थिएन । उसले सोच्यो– यदि जग्गाधनीले मलाई यो जमिन बेच्यो भने म मिहिनेत गरेर यसलाई उर्वर बनाउन सक्छु र यसबाट मेरो जीवन निर्वाहका लागि प्रबन्ध पनि हुनेछ ।

ऊ जग्गाधनीकहाँ गएर भन्यो, ‘तपाईँ मलाई यो जमिन बेच्नुहोस् ।’ जग्गाधनीले सोच्यो– यो जमिन मलाई केही काम लाग्दैन, कमसेकम अलिकति पैसा त आउँछ । उसले त्यो जमिन बेचिदियो । अब जमिनलाई कसरी उपयोग गर्ने भन्ने कुरा त्यो गरिब मानिसमाथि निर्भर थियो । उसले मिहिनेत गर्ने अठोट ग-यो अनि रातदिन परिश्रम ग¥यो । उसको मिहिनेतका कारण खेतीपाती पनि राम्रो हुन थाल्यो । जे–जति अन्न उब्जियो त्यसबाट उसले केही आफ्ना लागि राख्यो, बाँकी बेचिदियो । हरेक वर्ष ऋतु अनुसारको बीउबिजन रोप्दै उसले त्यो जमिनमा राम्रोसँग खेती गरिरह्यो अनि धनी भयो । यसबीचमा उसको विवाह भयो अनि उसको राम्रो परिवार पनि भयो ।

रातदिनको मिहिनेत र राम्रो उत्पादनका कारण उसले जति धन आर्जन ग¥यो त्यसबाट उसले आफ्ना आवश्यकता पूरा ग¥यो र बाँकी बचेको धनबाट सुन किन्न थाल्यो । यसरी आफ्नो वृद्धावस्थासम्ममा उसले थुप्रै सुन जम्मा ग¥यो । एकदिन उसलाई आपूm एकदमै वृद्ध भएको महसुस भयो । उसलाई लाग्यो– अब आफूसँग धेरै समय छैन । उसले सबै सुन एउटा बाकसभित्र बन्द गरेर आफ्नो खेतमा गाड्यो तर उसले कसैलाई पनि बताएन ।

एकदिन उसले आफ्ना छोराहरूलाई बोलाएर भन्यो, ‘मेरो समय पूरा हुन लाग्यो । अब मेरो जाने बेला भयो । म यो खेत तिमीहरूलाई सुम्पिरहेको छु । जसले यसमा मिहिनेत गर्नेछ, यसमा हलो जोत्नेछ उसलाई एकदमै फाइदा हुनेछ अनि भरिपूर्ण हुनेछ ।’ यति भनेपछि केही दिनमै उसको मृत्यु भयो । तर, ती छोराहरूको ठूलो शहरमा गएर बस्ने इच्छा थियो । किनकि, उनीहरू खेतीपाती गर्न चाहँदैन थिए । ठूलो शहरतिर उनीहरू बढी नै आकर्षित थिए । त्यसकारण उनीहरू त्यतैतिर गएर बसे अनि खेतमा कसैले हलो जोतेन । कसैले पनि त्यसको वास्ता गरेन ।

त्यसपछि बिस्तारै–बिस्तारै त्यो खेत जस्तो उनीहरूका बुबाले लिएका थिए फेरि त्यस्तै बाँझो भयो । छोराहरूले उनीहरूको त्यस जग्गाबाट राम्रो पैसा प्राप्त हुने सपना देखेका थिए तर उनीहरूकै लापर्बाहीका कारण त्यो जमिन कुनै काम लाग्ने खालको रहेन ।
याद रहोस्, सुनको बाकस अझै पनि त्यही खेतमै गाडिएको थियो । एकदिन फेरि अर्को एउटा गरिब मानिस आयो । उसले तिनीहरूको बुबाले जसरी नै अलिकति पैसा जम्मा गरेको थियो । उसले ती छोराहरूलाई एउटा चिठी पठायो– ‘भाइहरू यो बाँझो जग्गा रहेछ । तपाईँहरूका लागि त खासै काम लाग्ने रहेनछ ।

मसँग अलिकति पैसा छ । यो मलाई बेच्नुहोस् । म यसमा हलो जोतेर आफ्नो गुजारा चलाउँछु ।’ छोराहरूलाई शहरमा खबर प्राप्त भएपछि उनीहरूले भने, ‘एकदमै राम्रो कुरा हो । केही पैसा त पाइन्छ, यो बाँझो जमिनको ।’ उनीहरूले त्यो जग्गा उसलाई बेचिदिए । अब त्यो गरिब मानिसले त्यो जमिनमा मिहितेत गर्न शुरु ग¥यो । नमिलेका ठाउँमा मिलाउँदै गयो अनि हलो जोत्न थाल्यो । अब हामी सोच्न सक्छौँ– त्यो जमिनमा हलो चलाएपछि के भयो होला ? त्यो हलो गएर त्यही बाकसमा अड्कियो । उसले जमिनको त्यस ठाउँमा खन्यो र त्यो बाकसलाई बाहिर निकालेर हेर्दा त सुनैसुनले भरिएको थियो । उसले हलो जोत्यो, मिहिनेत ग-यो अनि उसले आफ्नो मिहिनेतको फल पायो ।
यस्तो घटना धेरैजसो मानिसहरूको जीवनमा घट्छ । यहाँ पनि उसैले मात्र सुनलाई प्राप्त गर्छ, जसले आफ्नो जीवनरूपी बाँझो जमिनमा मिहिनेतको हलो जोत्छ ।

त्यहाँ आफ्नो परिश्रमको फूल फुलाउँछ । जो व्यक्तिले आफूभित्र जिज्ञासाको, ज्ञानको तिर्खाको, शान्तिको तिर्खाको हलो चलाउँछ उसलाई अवश्य पनि ज्ञानरूपी, शान्तिरूपी स्वर्णको भण्डार प्राप्त हुन्छ । तर, त्यसका लागि साँचो लगनशीलता, साँचो तीर्खा अनि साँचो मिहिनेतको आवश्यकता पर्दछ ।यदि कसैले खेतलाई त्यतिकै छोडिदियो । त्यसमा खेती गरेन । केही पनि मिहिनेत गरेन भने त्यस्तो खेत त बिस्तारै–बिस्तारै बाँझो बन्न पुुग्दछ ।यदि त्यहाँ उन्नत किसिमको बीउ रोपेनौँ, पानी लगाएनौँ भने के हुनेछ ? जहाँ गहुँ फल्थ्यो, जहाँ फलपूmल हुने गथ्र्यो, अब त्यहाँ मानिसका लागि केही काम नलाग्ने चीजहरू उम्रिन थाल्छन् । त्यो खेत बाँझो बन्न थाल्दछ ।

यदि तपाईँँले कुनै त्यस्तो बिरुवा रोप्नुभयो, जसले फल अथवा तरकारी दिन्छ भने तिनलाई पानी चाहिन्छ । यदि तिनले पानी पाएनन् भने त्यो खेतमा त्यस्ता चीजहरू फल्छन् कि जसलाई पानीको आवश्यकता पर्दैन । जस्तै– खर, घाँस, पात आदि । त्यसकारण हामीले पनि आफ्नो जीवनमा यो जीवनरूपी खेत पाएका छौँ । यसमा हामीले कतिको परिश्रम गरिरहेका छौँ ? यो खेतमा हामीले कुन–कुन बाली लगाएका छौँ ? यो खेतमा कुनचाहिँ बाली रोपेका छाैं ? यस जीवनरूपी खेतमा पनि यदि हामीले मिहिनेत गरेनौँ, पानी हालेनौँ भने यो पनि बिस्तारै–बिस्तारै बाँझो हुँदै जानेछ ।

वास्तविकता के हो भने, तपाईँँले आफ्नो यस जीवनरूपी खेतमा प्रत्येक श्वासका साथ केही न केही रोपिरहनुभएको छ । जुन प्रत्येक श्वास तपार्ईँभित्र चलिरहेको छ– भित्र आएर गएपछि एउटा बीउ रोप्नुभयो । फेरि दोस्रोपटक भित्र आउँछ र जान्छ– फेरि अर्को बीउ रोपियो । चाहे तपाईँले बीउ रोप्ने कोशिश गर्नुहोस् या नगर्नुहोस्, बाली त रोपिँदै छ । यसमा तपाईँले पनि केही गर्न सक्नुहुन्न । यदि तपाईँले बीउ नरोपियोस् भन्ने चाहना राख्नुभयोे भने पनि यो सम्भव छैन । केवल यतिमात्र सम्भव छ, कुनचाहिँ बीउ रोप्न चाहनुहुन्छ ? यो बुझ्नुपर्ने कुरा छ– अहिलेसम्म तपाईँले कुनचाहिँ बाली लगाउनुभयो ? तपाईँले श्वास लिइरहनुभयो तर तपाईँको मन कहिले यता दौडिरहन्छ त कहिले उता दौडिरहन्छ । धेरैजसो अन्य थुप्रै कुराहरूका बारेमा चिन्ता लागिरहन्छ तर तपाईँले यो जुन श्वास अहिले भर्खरै लिनुभयो– योसँग कुनचाहिँ बीउ रोप्नुभयो ? यसका बारेमा तपाईँ चिन्तै गर्नुहुन्न ।

यस संसारमा छौँ भने यस कुराका बारेमा पनि सोच्नुपर्छ र अरु कुराका बारेमा सोच्नुपर्छ । तर, त्यसको अर्थ त्यसैमा भएभरको समयलाई बिताउनुपर्छ भन्ने पनि होइन । जब तपाईँ खाना पकाउनुहुन्छ भने त्यसमा नुन पनि हाल्नुहुन्छ । तर, त्यसको मतलब तपाईँ बसी–बसी नुनमात्रै हालिरहनुहुन्छ भन्ने पनि होइन । नुन हाल्नाले खानेकुरामा स्वाद आउँछ । स्वादिलो हुन्छ । तर, यसको तात्पर्य जति धेरै हालिन्छ त्यति नै धेरै स्वादिलो हुन्छ भन्ने पनि होइन ? यदि धेरै हाल्यौँ भने: जुन कुराले स्वादिलो हुन्थ्यो, अब त्यसैले खानेकुरालाई खान नसकिने बनाइदिन्छ । यस संसारमा हरेक विषय खानेकुरामा नुन धेरै हालेपछि उत्पन्न हुने समस्याजस्तै भइरहन्छ । यस जीवनमा केवल एउटै कुरा छ । यसलाई तपाईँले जति धेरै चिन्तन गर्नुहुन्छ, तपाईँलाई त्यति नै धेरै आनन्द मिल्नेछ । त्यो चीज तपाईँभित्र रहेको प्रत्येक श्वासमा चलिरहेको छ । आपूmले कतै खोज्नुपर्दैन ।

प्रत्येक श्वास– जुन अमूल्य छ । जुन तपाईँभित्र चलिरहेको छ । जुन श्वास तपाईँभित्र आउँछ त्यसले तपाईँका लागि के ल्याउँछ ? जसका कारणले तपाईँ मुस्कुराउन सक्नुहुन्छ, जसका कारणले तपाईँ देख्न सक्नुहुन्छ, जसका कारणले तपाईँले अनुभव गर्न सक्नुहुन्छ । त्यही चीजका कारणले आज यस संसारमा सबै कुरा भइरहेको छ, ठूला–ठूला आविष्कार भएका छन् । नयाँ–नयाँ कुराहरू बनिरहेका छन्, अचम्म–अचम्मका कुराहरू बनिरहेका छन् । तर, जसका कारणले यी सबै कुरा भइरहेका छन् ती चीजप्रति कसैले पनि ध्यान दिइरहेका छैनन् । यदि त्यो चीज निस्किएर गयो भने त्यसपछि न कोही वृद्ध हुन्छ, न कोही जवान रहन्छ; न कोही नोकर, न कोही मालिक । ती सबै कुरा समाप्त !
जब त्यो हृदयको ढोका खुल्दछ तब मानिस भित्रतिर जान्छ । भित्र के छ ? भित्र त्यो चीज छ, जुन अन्तिम क्षणसम्म मानिससँगै रहनेछ । त्यसको कुनै मूल्य छैन । त्यो अमूल्य छ ।

त्यो सदैव तपाईँसँगै छ र तपाईँसँगै रहनेछ । तपाईँ त्यसबाट उम्किन सक्नुहुन्न । जुन दिन तपाईँ त्यसबाट मुक्त हुनुहुनेछ, तपाईँ रहनुहुने छैन । जबसम्म तपाईँ जीवित हुनुहुन्छ तबसम्म त्यो तपाईँसँगै रहन्छ । त्यो कुनचाहिँ ढोका हो ? त्यो ढोका हो– साँचो शान्तिको ढोका । वास्तविक शान्तिको ! उठ्नुहोस्, जाग्नुहोस् र आफ्नो यो दिनको शुरुवात गर्नुहोस् । बिउँझने समय भइसकेको छ । किनभने, तपाईँले आजसम्म जति पनि ठूला–ठूला, एकदम राम्रा–राम्रा सपना देख्नुभएको छ, यथार्थमा ती सारा सपनाहरूभन्दा पनि राम्रो छ– यो श्वासको वास्तविकता ! आफ्नो जीवनमा त्यो दया र करुणालाई हेर्नुहोस् ।

यदि तपाईँ दया र करुणालाई अनि यो दया र करुणाको वास्तविक प्रतीकलाई हेर्न चाहनुहुन्छ भने यो श्वासलाई चिन्नुहोस् । यो हो दया ! यसभन्दा धेरै दया मानिसमाथि हुनै सक्दैन । प्रत्येक श्वासमा आउने र जाने जुन माला छ, त्यसमा वास्तविक सुख छ, वास्तविक शान्ति छ । त्यसैका कारणले यो चेतना छ । त्यसकै कारणले यो जीवन छ, त्यसैका कारणले तपाईँ हिँड्न सक्नुहुन्छ । तपाईँ जे हुनुहुन्छ, त्यसैका कारणले हुनुहुन्छ ।

यसमा त त्यस्तो आनन्द छ, जुन म सदैव प्राप्त गर्न चाहन्छु । यस्तो होइन– आनन्द लियो अनि सकियो । आजसम्म जीवनमा त्यस्तो आनन्दको अनुभूति गरिएकै छैन, जुन सदाका लागि रहोस् । हरेक खालको आनन्द आउँछ र सकिन्छ । तर, यो आनन्द सदैव रहन्छ । जब तपाईँले आफ्नो जीवनमा यस कुरालाई राम्रोसँग स्वीकार गर्नुुहुन्छ– म पनि एक–एक श्वासमा त्यो चीजको बीउ रोपूँ, जसको बाली भित्र्याएपछि आफ्नो जीवनमा मैले कहिल्यै भोकै बस्न नपरोस् । अनि मात्र, यो जीवन पाउनुको सार्थकता हुनेछ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्