प्रधान सेनापति शर्माद्वारा शिक्षालयको निरीक्षण 



काठमाडौं ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज बारा जिल्लाको अमलेखगञ्‍जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त शिक्षालयको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिँदै शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकल दर्जालाई सम्बोधन तथा “श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको स्मारिका-२०७८” विमोचन समेत गर्नु भएको थियो ।

भ्रमणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा, आसन्न “स्थानीय तह निर्वाचन-२०७९” को सुरक्षामा केन्द्रित रही बारा जिल्लास्थित महागढीमाई इलाकामा स्थापना गरेको कम्पनी अप्रेटिङ् बेस (सीओबी) को निरीक्षण गर्नु भएको थियो । निरीक्षणको क्रममा उहाँले उक्त सीओबीको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिँदै सकल दर्जालाई सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्