कलाकर्मी सम्मानित



मिलाप राष्ट्रिय मासिकले राजधानीमा मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी विभिन्न विधामा सम्मान गरेको छ।

मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यता तथा मिलाप फाउण्डेशनकी अध्यक्ष एवं मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठलाई टीका–गोपाल गीतसंगीत विशेष सम्मानबाट सम्मान गरिएको छ भने कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं र साहित्यकार राधा भण्डारीलाई मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मान गरिएको छ।

समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हीरा), कलाकार विनोद श्रेष्ठ, राजेश विशुराल, सञ्चारकर्मी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता यमप्रसाद श्रेष्ठ, गीतकार यमलाल कँडेल, भुवन शर्मा कँडेल, समीर खान र कृट क्षेत्री, गायक अलिप खान, सरगम राई, भुवन प्यासी, गायिका मञ्जु कुमारी लावती र रानी शाक्य, संगीतकार कृष्ण भारद्वाज, विशाल ढकाल, रमेश पाठक, भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भद्म, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्