बनेपामा एमालेका रत्नकुशलाई मतदाताको ‘वाह वाही’



काभ्रे ।

हरेक निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपा नगरपालिकामा २०७४ सालको स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाल लगायत ९ वटा वडा अध्यक्ष सहित बहुमत सदस्यले जित हात पारे । त्यही विरासत जोगाउन नेकपा एमालेले बनेपाका युवा व्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय व्यक्तित्व रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका रत्नकुशलाई युवा देखि ज्येष्ठ नागरिकसम्मले शुभकामना सहितको आर्सीवाद दिएका छन् । बनेपा नगरपालिका वडा नम्बर १४ र१ मा मतदाता र नागरिकहरूको उत्साहपूर्ण सहभागिता र वाह वाही रत्नकुश रञ्जितले बटुलेका छन् । चाँडै निर्णय गर्ने क्षमताका रत्नकुशसँग स्थानीय भूगोलका साथै विभिन्न देशको अनुभव छ । साबिकका गाविस र नगरपालिका बिचको एकीकरणका कारण एमाले बलियो बनेको छ । काँग्रेसको गढ बनेपामा एमालेको बहुमत प्राप्त भए पछि यो पटक एमालेले युवा जोस भएका रत्नकुश रञ्जितलाई टिकट दिएको हो । ‘बनेपामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले शुरु गरेका थुप्रै आवधिक योजनाहरूको निरन्तरताका साथै विविधता बोकेका नगरपालिकालाई थप नयाँ आयाम प्रदान गर्ने पार्टीको एजेन्डालाई मैले कार्यान्वयन गर्नेछु’–उम्मेदवार रत्नकुश रञ्जितले भन्नुभयो ।

नेपाली काँग्रेसबाट शान्तिरत्न कायश्थले टिकट पाएका छन् । उनी सुन व्यवसायी हुन् । उनी जेसीज लगायतका सामाजिक संघ संस्थामा समेत कृयाशिल भए पनि रत्नकुशका अघि कमजोर उम्मेदवार हुन् । यस अघि १ हजार ७ सय भन्दा धेरै फरक मतान्तरले एमालेका उम्मेदवार लक्ष्मीनरसिं बादेले विजय हासिल गरेका थिए । काँग्रेसले गठबन्धनका कारण टिम बनाउन, घर दैलो अभियानमा हिड्न समेत सकेको छैन ।

गठबन्धनमा गडबड
नेकपा समाजवादीका नेता बनेपा नगरपालिका उपप्रमुख पदका उम्मेदवार रघुवर चौ प्रधानले वडा अध्यक्ष पदका उम्मेदवार सचितानन्द केसीलाई रेडक्रस कार्यालय अगाडि सडकमै कुटेका छन् । केसीले पनि चौ प्रधानलाई मुख छाडेर चड्कन लगाए पछि रमिता देखिएको थियो । भेषराज शाहलाई उपप्रमुख बनाउने विषयमा झगडा भए पछि चौ प्रधानले चड्कन हानेका थिए । पछि प्रधानकै नाममा सहमति जुटेको थियो । चौ प्रधानले रेडक्रसको नेतृत्व गर्दा ४ करोड भन्दा धेरै अनियमितता गरेको अभियोग छ ।

नेकपा एमालेका उम्मेदवारसँग एक्ला एक्लै लड्ने साहस नभएका सत्ता निकट दलहरूको गठबन्धनका कारण आफ्नै घर भित्र आगो लागेको छ । सल्किएको आगोलाई निभाउने प्रयास भए पनि मन मिल्न सकेको छैन । त्यसको असर कार्यकर्ताहरूले निर्वाचनमा देखाउने घोषणा गरेका छन् । सशस्त्र युद्धमा माओवादीबाट लखेटिएका कार्यकर्ताहरूले समेत माओवादीलाई भोट हाल्न उर्दी गरे पछि, ३ सय जनमत नभएको पार्टीका नेतालाई प्रमुख र उपप्रमुख दिए पछि असन्तुष्ट बनेका कार्यकर्ताहरूले नेतृत्वलाई खुल्ला चुनौती दिएको छ । बनेपामा टिकट निश्चित भएर आयोगबाट राजीनामा दिएर आएका काँग्रेस नेता प्रचण्ड मान प्रधानको टिकट अन्तिममा खोसियो । महामन्त्री समेत रहेका कञ्चन बादेले गोजीको व्यक्ति भन्दै शान्तिरत्न शाक्यलाई टिकट दिए पछि यस अघि राम जोशीलाई हराउन लागेका शाक्य निकटका नेता कार्यकर्ता उत्साहित भएका छन् । जोशीलाई यो पटक पनि घात भएको भन्दै इमान्दार कार्यकर्ता रुस्ट भएका छन् । सरस्वती बैद्य जसले काँग्रेस बचाउने अभियानमा सक्रिय भएकी थिइन् । महिलालाई टिकट नदिएपछि उनको पनि आक्रोश छ ।

धुलिखेलमा नेपाली काँग्रेसका सभापति विदुर बस्नेतले स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस वडा नम्बर १२ का माधव श्रेष्ठ सहितले संयुक्त रूपमा पार्टी परित्याग गरेको बताएका छन् । बस्नेतको उम्मेदवारी फिर्ता लिन लगाउन काँग्रेस नेताहरूले चेतावनी दिएका छन् । ५ सय भोट भएको समाजवादीलाई प्रमुख दिएको भन्दै काँग्रेस भित्र बढेको असन्तुष्टि साम्य भएको छैन । साम्य हुने अवस्था पनि छैन । सामूहिक राजीनामा दिएको काँग्रेसका धुलिखेलका पदाधिकारीहरूले राजीनामा फिर्ता लिएका छैनन् । भुम्लुमा पनि त्यस्तै असन्तोष देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्