सशस्त्रका डिआइजी अर्याल एआइजीमा बढुवा 



काठमाडौं ।

मन्त्री परिषद्को मंगलबार बसेको बैठकले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ । यही वैशाख १८ गते बाट अनिवार्य अवकाशमा जान लाग्नुभएका हालका महानिरीक्षक पुष्पराम केसी पछि अर्याल सो सङ्गठनको महानिरीक्षकमा बढुवा हुनुहुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्