चिरिबाबुविरुद्ध दाबी विरोध, २ अर्ब बेरुजु फर्छ्यौट नगरेको आरोप



काठमाडौं ।

ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा विरोध उजुरी परेको छ । ललितपुर महानगरपालिकाका गोपाल डंगोलले पाँच दलीय गठबन्धनबाट मेयरका उम्मेदवार बनेका तथा हालका मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको भन्दै दाबी विरोध गरेका हुन् ।

डंगोलले महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्