देशका ७५३ पालिकामा १ लाख उम्मेदवार



काठमाडौं ।

यही वौख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि देशका ७५३ पालिकाहरुमा १ लाखले मनोनयन दर्ता गराएका छन् ।

२९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगले राति साढे १० बजेको विवरणमा उल्लेख गरेअनुसार ४६० गाउँपालिकाको अध्यक्ष पदमा २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदका लागि १ हजार ९ सय ५६ जनाको उम्मेदवारी परेको छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्षमा २४ हजार १ सय १८ जनाको उम्मेदवारी परेको छ भने ७ हजार ६ सय ९३ महिला सदस्य पदका लागि १६ हजार ६ सय ५५ जनाको उम्मेदवारी परेको छ ।

वडा सदस्यका लागि ३४ हजार ७ सय ९३ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १४ हजार ९ सय ६९ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्