गठबन्धनबाट काठमाडौं मेयरमा उम्मेदवारी दर्ता गर्दै सिर्जनाले भनिन्- ‘राजनीतिक योगदानाको आधारमा टिकट पाएँ’



काठमाडौं ।

गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ ।’

महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन्

प्रतिक्रिया दिनुहोस्