गठबन्धनभित्र एकअर्कालाई ‘पेलिने’ व्यवहार छैन : महरा



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त पार्टीका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनभित्र एकअर्कालाई पेल्ने कार्य नभएको भन्दै कहीँकतै कसले सामान्य अनुभूतिमात्र गरिएको बताएका छन् ।

माओवादी केन्द्र र कांग्रेसले गठबन्धनका एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाले पेल्ने गरेको भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता महराले नियोजित रुपमा कहीँ पनि कुनै पनि एक दलले अर्को दललाई पेल्ने कार्य नभएको दाबी गरे ।

‘कसैले पेल्ने भन्ने कुरा नै आउँदैन,’ उनले भने, ‘कहीँ माओवादीले पेल्यो भन्नेछ । कतै माओवादी नै पेलानमा पर्‍यो भन्नेछ । यो कसैले सामान्य अनुभूति गरेको कुरा । तर, कहीँ कतै एक पार्टीले अर्काेलाई पेलेको छैन ।’

प्रतिक्रिया दिनुहोस्