गठबन्धनले अस्थिरता निम्तिने छ : पौडेल



हेटौंडा । 

नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरका लागि मेयरका उम्मेदवार अनन्त पौडेलले गठबन्धन संस्कृतिले स्थानीय तहमा अस्थिरता निम्त्याउने बताउनुभएको छ । प्रेस चौतारीनिकट पत्रकारसँगको अन्तरक्रियामा मेयरका उम्मेदवार पौडेलले नेकपा एमालेले विगतमा गरेका कामहरू नै हाल मतदातासँग मत माग्ने मुख्य आधार रहेको बताउनुभयो ।

कार्यक्रममा उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले उपमहानगरका सर्वसाधारणले अनुभूति गर्ने गरी विकासका काम हेटौंडा उपमहानगरमा एमालेले गरेको बताउनुभयो ।

कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, एमाले मकवानपुरका सचिव एवम् हेटौंडा–४ वडा अध्यक्ष उम्मेदवार नवीन सिग्देल, मकवानपुर गढी गाउँपालिका अध्यक्ष उम्मेदवार विदुर हुमागाईं, हेटौंडा–९ नम्बर वडा अध्यक्ष उम्मेदवार लक्ष्मणप्रसाद भण्डारी, ७ नम्बर वडा अध्यक्ष उम्मेदवार राजन थापा, ११ नम्बर वडा अध्यक्ष उम्मेदवार जुना दाहाल र प्रचार विभाग प्रमुख ध्रुवप्रसाद चौलागाईंलगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्