लागू औषधसहित एक युवक पक्राउ



खुशीमाया गुरुङ,लमजुङ ।

लमजुङ प्रहरीले लागु औषध सहित एक युवा पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका वडा नं। ५ जोर्नेका २८ वर्षिय कुमार गुरुङलाई प्रक्राउ गरेको हो ।

यहि बैशाख ७ गते ११ः३० बजेको समयमा शंकास्पद तरिकाले हिडेको अबस्थामा फेलापारी खानतलासी गर्दा निजलाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीको टोलीले गुरुङको साथबाट लुकाई छिपाई लिई हिडेको लागू औषध डाइजेपाम ३५ थान, फेनारगन ३९ थान, नोफिन ३६ थान बरामद गरको प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक जगदिश रेग्मीले बताउनु भयो ।

गुरुङलाई विहिवार लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धानकार्य अघि वढाईएको छ ।

प्रतिक्रिया दिनुहोस्