रोड रेस शनिबार



काठमाडौं ।

रन क्लब नेपालको आयोजनामा ‘तेश्रो मदन भण्डारी स्मृति’ ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ४ सय खेलाडीको सहभागिता रहनेछ ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । छात्र/छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाउनेछन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट शुरू भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस्